logo

१८औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पुरा 

    1118   पटक पढिएको

३० कात्तिक / अर्थ र व्यापार – नेपाल हस्तकला महासंघले आगामी ३ मंसिर देखि ५ मंसिरसम्म हुने १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । 
सोमबार पत्रकार सम्मेलन गरि नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको वौद्धस्थित ह्यात रिजेन्सी होटलमा हुने सो मेलाको सबै तयारी पूरा भएको जानकारी गराईएको हो । 
यस मेलामा विभिन्न हस्तकला सम्बन्धी १२० वटा भन्दा बढी स्टल रहने छ । विगतका मेलाहरुमा हस्तकला बाहेकका पनि स्टल रहने गरेकोमा यसपटकको मेलामा भने विशुद्ध हस्तकलाका सामाग्री मात्र स्टलमा राखिने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए । मेला संयोजक शाक्यका अनुसार यस मेलामा सहभागी हुनकालागि अहिले अधिकांस स्टल बुकिङ भइसकेको बताए । 
मेलाको म्ख्य आकर्षणहरुमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी), समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी हुने छ । यसैगरि, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकका क्षेत्रमा उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान रहेको मेला संयोजक  शाक्यले जानकारी दिए । 
शाक्यका अनुसार यस मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ भने मेला अवलोकनका लागि विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्च पदस्थ अधिकारीहरुलाई पनि आमन्त्रण गरिएको छ ।
मेला मार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने, प्रत्येक वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ –नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधिकरण प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान हुने, स्वदेशमै रोजगारी अभिबृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको महासंघले जनाएको छ । 
यसैगरि, महासंघले सोही अवसरमा ई–कला नेपाल अनलाइन पोर्टलको शुभारम्भ तथा ह्यान्डिक्राफ्ट ट्रेड डारेक्टरी २०२१ एवं साधन माला पुस्तक समेत विमोचन गर्ने बताएको छ । ई–कलामा जुनसुकै व्यवसायीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्नेमा टेवा पुग्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।
तीनदिनसम्म चल्ने सो मेलामा झण्डै एकलाख जना अवलोकनकताले सहभागीता जनाउने लक्ष्य राखिएको महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले जानकारि दिए । मेला अवधीभर प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी करिब तीन देखि पाँचकरोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको महासंघले जनाएको छ । यसैगरि, मेला अवलोकन गर्नकालागि एकसय रुपैयाँको प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर उपहारको समेत व्यवस्था गरिएको प्रतियोगिता तर्फका संयोजक राजमान बज्राचार्यले जानकारि दिए । 
उनले नेपालको मौलिक कलाका रुपमा रहेको परम्परागत हस्तकलालाई यहाँका कलाकार कालीगढबाट उत्पादित हस्तकलाका वस्तु स्वदेश र विदेशमा व्यापार व्यवसाय प्रवद्र्धन गर्न हस्तकलामा संलग्न कलाकार, कालीगढलाई प्रोत्साहन गरी सीप हस्तान्तरणमा यस महासंघले विशेष जोड दिँदै आएको बताए । सोही उद्देश्य अनुरुप २०४८ सालदेखि आफनो वार्षिक क्यालेण्डरका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार निकासी तथा प्रर्वद्धन केन्द्रको सहकार्यमा यस्तो मेला तथा प्रतियोगिता आयोजना गर्दै आएको उनले जानकारि दिए । 
मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल पर्यटन वोर्ड, ललितपुर महानगरपालिका, काठमाडौ. महानगरपालिका, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायत संघ÷संस्थहरुको सहयोग रहेको छ । 
मेलाले कोरोना महामारीले सिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्ने मात्र नभई स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा क्रेता बिक्रेतालाई एउटै स्थानमा भेला गराउने, नवोेदित उद्यमी व्यवसायीलाई बजार पहँुचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाको सम्बन्धमा जनभावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको महासंघले जनाएको छ । 
कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, हस्तकला प्रतियोगिताका संयोजक तथा उपाध्यक्ष राजमान बज्राचार्य, प्रवक्ता सनम शाक्य, राष्ट्रिय अभिलेखालयका निमित्त महानिर्देशक शौभाग्य प्रधानाङ्ग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह र नबिल बैंकका प्रतिनिधि निरज बस्नेत, डानियल लगायतले यस मेलाको महत्वको यपलब्धीका  बारेमा आ–आफ्नो धारणा राखेका थिए । 
सो मेलामा करिब ३० हजार भन्दा बढी आगन्तुकहरुलाई मेला अवलोकनको निःशुल्क प्रवेश पास वितरण गरिने महासंघले जनाएको छ । कोभिड–१९ का कारण गत वर्ष मेला आयोजना हुन सकेको थिएन । यो वर्ष पनि कोभिडकै समय भएकाले सामाजिक दूरीलाई मध्यनजर गर्दै हुन लागेको महासंघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।