logo

भृकुटीमण्डपमा सञ्चालित फुटवेयर एक्स्पोमा अवलोकनकर्ताको भीड 

    1076   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार – भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालित जुत्ताचप्पल व्यापार मेलामा अवलोकनकर्ताको भीड लागेको छ  । नेपाल फुटवेयर्स म्यानुफेक्चर्स एसोसिएसनको आयोजनामा सञ्चालित मेलामा विभिन्न ब्रान्डका स्वदेशी जुक्ता चप्पलहरू सर्वसुलभ मूल्यमा बिक्री भइरहेको छ । 
अहिले यस मेलामा अवलोकनकर्ताहरुको बाक्लो भीड लागेको सो मेला आयोजक संस्था एसोसियसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद फुयाँलले कोरोना पछिको अर्थतन्त्र चलायमान बनाउँदै स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप मेलाका आयोजना गरिएको जानकारी दिए । ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण हामी उद्योगी व्यवसायीहरू ठूलो मारमा परेका थियौं,’ उनले भने, ‘अबका दिनमा उद्योग व्यवसाय सञ्चालन गर्दै अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने उद्देश्यअनुरूप चुत्ता चप्पल व्यापार मेला आयोजना गरेका हौं ।’
नेपाल चेम्बर अफ कमर्सका उद्योग समितिका सभापति भीमलाल पौडेलले यस मेलाले नेपाली जुत्ता चप्पलको बजारीकरणका साथै प्रवद्र्धन सहज हुने बताए । अहिले मसलुक जुत्ता चप्पलमा आत्मनिर्भर भैसकेको बताउँदै पौडेलले भने, ‘अबको १० वर्षसम्म विदेशी जुत्ता चप्पल आयात रोकिए पनि नेपाली उत्पादनले धान्नेछ ।’
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीको सीपबाट स्वदेशमै उत्पादित जुत्ता चप्पलको प्रवद्र्धन र बजारीकरणमा सबैले साथ दिनुपर्ने बताए । ‘यदि नेपाली जुत्ता चप्पल उद्योगका केही समस्या छन् भने सो समस्या समाधान गर्न महासंघका तर्फबाट पहल गछौं,’ उनले भने । 
कोरोनापछिको अर्थतन्त्र चलायनमा सबै सबै उद्योगी व्यवसायीहरू एक भएर अघि बढनुपर्ने समेत उनको भनाई थियो । यस मेलामा सबै बर्गलाई लक्षित गरी जुत्ता तथा चप्पलहरू राखिएको छ । मेलामा १ सय ५० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध रहेको मेला आयोजक संस्थाले जानकारी दिएकोे छ । १८ दिनसम्म चल्ने सो मेलामा २ लाख अवलोकनकर्ता आउने अनुमान गरिएको छ भने ५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा विभिन्न २५ कम्पनीको ५० वटा ब्रान्डहरू उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।