logo

प्रति लिटर ८३ रुपैयाँमा किनेको पेट्रोल १३६ रुपैयाँमा बेच्दा पनि अझै घाटा देखाउदै निगम 

    952   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – नेपाल आयल निगमले प्रति लिटर जम्मा ८३ रुपैयाँमा किनेको पेट्रोल हाल १३६ रुपैयाँमा बेच्दा पनि अझै घाटा देखाएर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ । 
निगमले आफुलाई घाटा भएको भन्दै गत बुधबार सबै प्रकारका पेट्रोलियम पदाथ (पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास) को मूल्य बढाएको छ । जसका कारण अहिले महंगीको मार खेप्दै आएका उपभोक्ता थप मर्कामा परेका छन । 
पछिल्लो समय इण्डीयल आयल कर्पाेरेशन (आइओसी ) बाट मूल्य बढेर आएको भन्दै आयल निगमले अहिले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पछिल्लो १२ दिनको अबधिमा लगातार २ पटकसम्म सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 
निगमले गत बुधबार पेट्रोल, डिजेल, मट्टीतेलमा प्रतिलिटर तीन÷तीन रुपैयाँ, खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ वृृद्धि गरेको थियो । १२ दिनमा मूल्य बढाएको निगमले अझै यस्ता बस्तुमा घाटा खाएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरिएको बताउँदै आएको छ ।
गत बुधबार राती १२ बजेदेखि नै बढेको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ , डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५७५ रुपैयाँ पुगेको छ । यसैगरी, आन्तरिक हवाई इन्धनको नयाँ मूल्य बढाएर १०१ रुपैयाँ पु¥याईएको छ । त्यसैगरि, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ अमेरिकी डलर पुगेको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मुल्य बढेर १५७५ रुपैयाँ र डिजेलको प्रति लिटर ११९ रुपैयाँ मूल्य पु¥याईएपछि यो हालसम्मकै उच्च मुल्य हो । निगमका अनुसार आन्तरिक बजारमा मूल्य बढ्ने क्रममा खाना पकाउने एलपी ग्याँसको मूल्य पनि हालसम्मै उच्च बिन्दुमा पुगेको छ ।
पछिल्लो पटक निगमले बढाएको नयाँ मूल्य सूची अनुसार निगमले इण्डीयन आयल कर्पाेरेशनबाट पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गर्ने गरेको छ । ८३.४९ रुपैयाँमा खरिद गरेको पेट्रोल निगमले हाल काठमाडौं उपत्यकामा प्रतिलिटर १३६ रुपैयाँमा बिक्री गरिरहेको छ । खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा पनि अझै आयल निगमले प्रतिलिटर पेट्रोलमा १७.५८ रुपैयाँ घाटा खाएर बिक्री गर्दा १५ दिनको अवधिमा ६१ करोड २५ लाख रुपैयाँ नोक्सान भएको दावी गरेको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र सरकारले लगाइरहेको विविध करका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको दावी गरेका छन् । यस्तो घाटा पूर्ति गर्न हाल आयल निगमले बैंकहरूबाट पैसा झिकिरहेको बताउँदै उनले सरकारले नै यसलाई व्यवस्थित बनाउन लाग्नुपर्ने बताए । 
उनले पेट्रोलियम पदार्थको विकल्प नहुँदासम्म मूल्य समायोजनको संभावना नभएको बताए । निगमको तथ्यांक अनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ । त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३.७७ रुपैयाँ, पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडेर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च हुन पुगेको निगमको भनाई छ  । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।