logo

राष्ट्र बैंकको अधिकारमाथि अर्थमन्त्रीको हस्तक्षेप, ब्याजदरका विषयमा बोलाए २७ वटा बैंकका सीईओ

    1100   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको अधिकार क्षेत्रमाथिको हस्तक्षेपलाई निरन्तरता दिएका छन् । अर्थमन्त्री शर्माले बैंकिङ क्षेत्रको तरलताको विषयलाई लिएर २७ वटै बैंकका कार्यकारी प्रमुखहरूलाई (आज) शुक्रबार भेट्ने गरी बोलाएका हुन् । 
अहिले बैंकहरुमा तरलता अभाव बढ्दै गएको तथा ब्याजदर बढ्ने संकेत देखिएपछि अर्थमन्त्री शर्माले बैंकका सीईओहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर यस्तो अवस्थाको बारेमा जानकारि लिन लागेका हुन् ।
उनको यस्तो कदमले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिरहेको काममा सोझै हस्तक्षेपको प्रयास अर्थमन्त्री शर्माले गरेको देखिन्छ । कुनै पनि ठोस विषयमा राष्ट्र बैंकका गभर्नर मार्फत मौद्रिक नीति अनुसार विधिसम्मत ढंगले मात्र निर्देशन दिन सक्ने व्यवस्था छ । 
हाल मौद्रिक नीतिको समेत समीक्षा गर्ने तयारी भइरहेका बेला विभिन्न बैंकहरुका सीईओ र राष्ट्र बैंकका गभर्नरलाई बोलाइनुलाई निकै अर्थपूर्णरुपमा हेरिएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले यो अर्थमन्त्री शर्माको हस्तक्षेपकारी नीत भएको बताएका छन ।  
अहिले वाणिज्य बैंकहरू ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । ऋण मिल्ने रकम (तरलता) को अभाव भएपछि बैंकहरूले ऋण स्वीकृतिको गति घटाएका छन् । नेपाल बैंकर संघले सार्वजनि गरेको तथ्यांक अनुसार पनि कात्तिक तेस्रो सातासम्ममा जम्मा ७ अर्ब ऋण स्वीकृत भएको छ । 
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा ४ करोड र १२ करोडको सीमा तोकेको थियो । जुन हटाउनका लागि अर्थमन्त्री मार्फत सेयर लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नरलाई दबाब दिइरहेका छन् । 
मौद्रिक नीति सार्वजनिक भएपछि अर्थमन्त्री रुष्ट छन् । साउन अन्तिममा मौद्रिक नीतिमा सीसीडी रेसियो हटाएर कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो । गभर्नर अधिकारीमाथि सुरुदेखि नै अविश्वास गर्दै आएका शर्माले पछिल्लो बैंकका प्रमुख कार्यकारीलाई आफै भेट्न खोजेका छन् । यही अविश्वासका कारणले गर्दा गभर्नर र अर्थमन्त्रीको सम्बन्ध राम्रो छैन। 
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले राष्ट्र बैंकको नीतिले बैंकहरूको नियमन गर्ने भएकोले अर्थमन्त्रीले हस्तक्षेप गर्न नमिल्ने बताउँछन् । ‘के विषयमा बोलाउनु भएको हो खुल्दै जाला तर कुनै पनि विषयमा अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन,’ महतले भने । बैंकको विषयमा कुनै पनि मन्त्रीहरूले राजनीतिक भाषण तथा निर्देशन दिन नमिल्ने पूर्वअर्थमन्त्री महतले बताए। 
अर्थमन्त्री शर्माले यसअघि पनि राष्ट्र बैंकको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै विभिन्न निर्देशन दिएका थिए । ब्याजदर, मौद्रिक नीतिका व्यवस्थालाई काउन्टर दिनेगरी अर्थमन्त्री शर्माले निर्देशन तथा कार्यक्रममा भाषण दिँदै हिँडेका थिए।  
चाडपर्व र व्यापार व्यवसायको ’अफ सिजन’ बाहेक साप्ताहिक रुपमा १५ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह हुने बैंकिङ प्रणालीबाट पछिल्लो साता भने कमी आएको छ । 
पछिल्लो समय तरलता संकटमा परेका बैंकहरूमा ऋणको माग बढ्दै गए पनि निक्षेप भने घट्दै आएको छ । पछिल्लो तीन हप्तामा निक्षेप संकलनमा गिरावट आएको छ । कात्तिकका तीनवटै हप्तामा निक्षेप घटेको छ । पहिलो सातामा २० अर्ब निक्षेप घटेको थियो। त्यस्तै दोस्रो सातामा २ अर्ब घटेको निक्षेप तेस्रो हप्ता ९ अर्ब घटेको छ । ऋण भने कात्तिक पहिलो साता मात्र १ अर्ब घटेको थियो। पछिल्ला दुई सातामा क्रमशः २० अर्ब र ७ अर्ब रुपैयाँ गएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।