logo

तिहारमा झन्डै डेढ अर्बको भाईमसला आयात 

मुलुक परनिर्भरताको चरम उत्कर्षमा : काजु भियतनामबाट, बदाम अमेरिका र भारतबाट 

    1450   पटक पढिएको

२२ कात्तिक/ अर्थ र व्यापार – पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यसपालीको तिहारमा करिब डेढ अर्ब रुपैयाँको भाईमसला आयात भएको छ । 
हिन्दु धर्म मान्ने नेपालीको दसैंपछिको दोस्रो ठुलो महानचार्ड तिहारमा दिदी–बहिनीले आफ्ना दाजुभाईलाई दिने भाईमसलाको आयात यसपाली ह्वात्तै बढेको भन्सार विभागले जनाएको छ । 
विभागको तथ्यांक अनुसार यस वर्षको तिहारमा करिब डेढ अर्ब रुयैयाँको भाईमसला आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । विशेषगरि भाईमसलाको रुपमा प्रयोग हुने ओखर, बदाम, काजु, किसमिस, पेस्ता लगायतका ड्राइ फ्रुट्सजन्य भाइमसलाको आयात यतिधेरै भएको पाईएको हो । स्वदेशमा उत्पादन हुने यस्ता ड्राइ फ्रुट्सजन्य भाईमसलाले तिहारमा नपुग्ने भएपछि छिमेकी देस भारत , चीन लगायत तेस्रो मुलुकबाट आयात हुने गरिएको छ ।
गत वर्षको तिहारमा करिब १ अर्ब २० करोड रुपैयाँको भाईमसला आयात भएको थियो । चालु आर्थिक वर्षको वितेका साढे तीन महिना १५ कात्तिकसम्म तिहारकालागि गत वर्षको भन्दा करिब २१ प्रतिशतले बढि १ अर्ब ४७ करोड रुपैयाँको भाईमसलाजन्य बस्तुहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार सो अवधीमा नरिवल, काजु, पेस्ता, बदाम, ओखर लगायत भाइमसलाजन्य बस्तुहरुमा प्रयोग हुने सामग्रीहरुको आयात यतिधेरै बढेको हो । तिहारका लागि आवश्यक पर्ने यस्ता भाइमसलाजन्य बस्तुहरु हरेक आर्थिक वर्षको पहिलो तीन महिनाभित्रै आयात भइसक्ने गरेको छ । गत वर्ष भारत र भियतनामबाट करिब ३६ करोड ७६ लाख रुपैयाँ बराबरको काजु आयात भएको थियो । यो वर्ष काजु आयातको परिमाण बढेर ३९ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसैगरि, बदाम गत वर्षको तुलनामा करिब ३१ प्रतिशतले बढेर करिब ३९ करोड रुपैयाँको आयात भएको छ । 
गत वर्ष बदाम २९ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको थियो । हाल स्वदेशी उत्पादनले बजारको माग नधानिएपछि यस्तो चार्डपर्वको बेला नेपालमा बदाम अमेरिका र भारतबाट आयात हुने गरेको छ । यसैगरि, नेपालमा ओखर चीनबाट आयात हुने गरेको छ । गत वर्ष करिब १७ करोड रुपैयाँको ओखर आयात भएकोमा यो वर्ष करिब २० करोड रुपैयाँ बरावरको आयात भएको विभागले जनाएको छ । 
त्यसैगरि, पेस्ता यसपालिको तिहारका लागि भारतबाट ७२ लाख रुपैयाँको आयात भएको छ ।
छोकडा पाकिस्तानबाट आयात हुने गरेको छ । गत वर्ष करिब ३ करोड ३१ लाख रुपैयाँको छोकडा आयात भएकोमा यो वर्ष ३ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको थियो । यसैगरी गत वर्ष भारतबाट ८ करोड १० लाख रुपैयाँको किसमिस आयात भएकोमा यसपाली ११ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
हाल मुलुकमा तिहारको भाइमसला मात्र नभएर  सबै प्रकारका चाडपर्वहरु आयातले नै धानिएको छ । जसको ज्वलन्त उदाहरण भाईमसलाको आयातबाट पनि प्रमाणित भएको छ । नेपालमा सामान्य भन्दा सामान्य वस्तुहरु पनि उत्पादन गर्न नसक्दा व्यापारघाटा प्रत्येक वर्ष बढ्दै गएको छ । यसको दबाब विदेशी विनिमयको सञ्चिति र शोधान्तर स्थितिमा पर्ने गर्छ । 
परम्परागत खेति–किसानी, बढ्दो आप्रावासन तथा रेमिट्यान्स, आन्तरिक उत्पादनको कमजोर अवस्था र आयातमा आधारित राजस्व नेपाली अर्थतन्त्रको विशेषता हुन् । पुँजी, प्रविधि, कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभावमा नेपालमा औद्योगिकरण फस्टाउन पाएको छैन । जसका कारण अहिले नेपालीको हरेक चार्डपर्व आयातित् बस्तुहरुले नै धानिएको विभागले जनाएको छ । 
स्वदेशी उत्पादन भएका बस्तुको लागत उच्च हुने गरेकाले हाल अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता समेत कमजोर रहेको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ । उनीहरुले आयात प्रतिस्थापन गरि स्वदेशी उत्पादनको प्रवद्र्धन र निर्यात विस्तारमा सरकारको ध्यान नपुगेकोमा निकै चिन्ता व्यक्त गरेका छन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।