logo

बेमौसमी वर्षाको प्रभाव : ५ अर्बको धानबालीमा क्षति, सबैभन्दा धेरै नोक्सान बर्दियामा

    1713   पटक पढिएको

५ कात्तिक/अर्थ र व्यापार – विगत केही दिन यता परेको बेमौसमी वर्षा र बाडीका कारण मुलुकभरको धानखेतीमा गरि करिब ५ अर्ब रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार अहिलेसम्म करित्र साढे ४ अर्ब रुपैयाँको धानबाली र ३२ करोड रुपैयाँ बढीको नगदेवालीमा क्षेति पुगेको हो ।
मन्त्रालयको अध्ययन अनुसार मन्त्रालयले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार १ लाख ६१ हजार २२३ मेट्रिक टन धानबारीमा क्षति पुग्दा ४ अर्ब ५१ करोड ४२ लाख २५ हजार रुपैयाँ कृषकले गुमाएका हुन् । गत ३१ असोजदेखि लगातार परेको बेमौसमी वर्षाले भित्राउने बेला भएको मंसिरे धानबालीमा क्षति पुराएको हो । मन्त्रालयले गत २ कात्तिकसम्मको क्षतिलाई आंकलन गर्दै यस्तो प्रारम्भिक अनुमान गरिएको जनाएको छ ।
लुम्बिनी प्रदेशमा धेरै क्षति
मन्त्रालयको अध्ययन अनुसार वर्षाका कारण अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका जिल्लामा धेरै क्षति भएको छ । जसअनुसार बर्दिया जिल्लामा सबैभन्दा धेरै क्षेति पुगेको छ । बर्दियामा १० हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति हुँदा एक अर्ब ३५ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
बर्दियापछि कपिलबस्तुमा ८ हजार हेक्टर क्षेत्रफलमा एक अर्ब १३ लाख ८० हजार, बाँकेमा ७ हजार हेक्टर क्षेत्रफलमा ७८ करोड ९२ लाख, प्युठानमा १२ करोड ४१ लाख र नवलपरासीमा ११ करोड ५६ लाख रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको छ ।
मन्त्रालयले काटिएको धानमा मात्र वर्षाले क्षति पुगेको भन्दै काटेको धानको मात्र क्षति विवरण संकलन गरेको हो ।
लुम्बिनीपछि प्रदेश १ र सुदूरपश्चिमको धानबालीमा वर्षाले बढी क्षति पुर्याएको छ । बिहीबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशले मात्रै मन्त्रालयमा प्रारम्भिक तथ्यांक पठाएको जनाईएको छ । मन्त्रालयको तथ्यांक अनुसार निरन्तरको वर्षाका कारण पाल्पा, गुल्मी, अर्घाखार्ची, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बर्दिया, रुकुम पूर्व, प्युठान, रोल्पा लगायतका जिल्लामा लगाईएको धानबालीमा क्षति पुगेको छ । यस्तै, मन्त्रालयले राहत प्याकेज कार्यक्रम अन्तरगतका तरकारी तथा गहुँबालीमा समेत वर्षाले क्षति पुगेको जनाएको छ ।
जसअनुसार गहुँको उन्नत विउ वितरणमा २४ करोड ९४ लाख ८० हजार र मसुरोको उन्नत विउ वितरणमा ६ करोड ७८ लाख ८० हजार र तरकारी बिउ तथा हिउदे मकै अन्यको विउ वितरणमा ९५ लाख ४४ हजार रुपैयाँ क्षति पुगेको छ । उक्त राहत अन्तरगत ४२ हजार ७२७ हेक्टर क्षेत्रफलमा ३२ करोड ६९ लाख बढीको क्षति भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।