logo

दुग्ध विकास संस्थानका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

    1078   पटक पढिएको

५ कात्तिक/ अर्थ र व्यापार – भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई तीन दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।
कर्मचारी संघका  महासचिव आयुव अली खानले असोज दुई गतेदेखि महाप्रबन्धक पौडेल र निमित्त महाप्रबन्धक अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको जानकारी दिए ।  संस्थानको आन्तरिक लेखापरीक्षण र महालेखाको प्रतिवेदनले औंल्याएको भ्रष्टाचारमा संलग्नलाई व्यवस्थापनले जोगाउन खोजेपछि आन्दोलन गर्नु परेको आन्दोलनरत कर्मचारीहरुको भनाई छ । 
संस्थानको हित र कर्मचारीको भविष्यप्रति नेतृत्व उदासिन भएको पनि उनीहरुको दावी छ । ‘हामीसँग धेरै पटक नेतृत्वले उधारो सम्झौता गरेर आफ्नो कमजोरी ढाकछोप गर्न खोज्यो, अब निर्णायक आन्दोलन सुरु भएको छ,’ महासचिव खानले भने । संस्थानको अनियमितता लुकाउने र भ्रष्टाचारमा मुछिएकालाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने पनि उनले जानकारि गराए । 
संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्ऽप्रसाद अधिकारी बालाजु दुग्ध विकास आयोजनाको प्रमुख रहँदा एक करोडभन्दा बढी रकम अनियमितता गरेको र त्यो जोगाउन महाप्रबन्धक पौडेल लागेको कर्मचारी संगठनको आरोप छ । अनियमितता आरोप लागेका व्यक्तिलाई प्रमाण नष्ट गर्न बल मिल्नेगरी महाप्रबन्धकले भूमिका खेलेको पनि संघको आरोप छ । हाल उनीहरुले कार्यालयको मूलद्वारमा पाल टांगेर आन्दोलन गरिरहेका छन् । 
कार्यालयको गेट तथा परिसरमा महाप्रबन्धक पौडेल र निमित्त उपमहाप्रबन्धक अधिकारीलाई प्रवेश निषेधको पोष्टर टाँसेका छन् । कर्मचारीको आन्दोलनका कारण आफूहरु कार्यालय जान नसकेको र अहिले बालाजु आयोजनामा गएर काम गरिररहेको डिडिसीका महाप्रबन्धक पौडेलले बताए । कर्मचारी हकहित र संस्थागत सुशासनको विषय उठाएर कर्मचारी संघ आन्दोलित भएको उनको भनाई छ । आफूले अनियमिततामा मुछिएकालाई नबचाएको भन्दै पौडेलले वार्ताबाट समस्या समाधान गर्न आन्दोलित कर्मचारीलाई पत्राचार गरेको बताए ।
दुई वर्षअघि दुग्ध विकास आयोजना बालाजुमा कर्मचारीको हेलचेक्रयाँइका कारण करोड मूल्य बराबरको धूलो दूध र मख्खनमा भएको क्षतिमा संलग्नलाई महाप्रबन्धक पौडेलले संरक्षण गरेको आरोप कर्मचारीहरुको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।