logo

रोकिएको कोरोना बिमा भुक्तानीबारे अर्थमन्त्रालयले थाल्यो छलफल 

    1190   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले विभिन्न बिमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी कोरोना बिमाको सम्बन्धमा छलफल थालेका छन् ।  मन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीहरूलाई बोलाएर कोरोना बिमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोतसाधन र उपायका विषयमा छलफल गरेका हुन् ।
यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई उनले निर्देशन दिए । अझै विभिन्न बिमा कम्पनीले बिमितलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । हालसम्म अनुदानसहित बिमा कम्पनी, बिमा समिति, पुनर्बिमा कम्पनीको तर्फबाट संयुक्त रूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । कोरोना बिमा गर्दाको शुल्कबापत कम्पनीले जम्मा १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए । 
हालसम्म १ लाख ३७ हजार ७ सय ५४ जनाको बिमा दाबी परेको छ, तीमध्ये आधाभन्दा धेरैलाई भुक्तानी हुन बाँकी छ । कोरोना बिमा मापदण्डमा नै १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बिमा कम्पनीले नै बेहोर्नुपर्ने, १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बिमा कम्पनीले, २ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बिमक कम्पनीहरूको महाविपत्ति पुलले र साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी बिमा समितिले बेहोर्नुपर्ने उल्लेख छ ।  
यसैगरी, साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपरेमा सरकारले बेहोर्ने विमासम्बन्धी मापदण्डमा उल्लेख छ । कोरोना संक्रमण भई आवश्यक सबै प्रक्रिया पूरा गरी भुक्तानी दाबी गर्नेहरूलाई गत असार मसान्तअघि नै सबै रकम उपलब्ध गराइसक्नुपर्नेमा विभिन्न बिमा कम्पनीहरूले अहिलेसम्म विगत ६÷७ महिनाअघि आवेदन दिनेहरूले समेत भुक्तानी नपाएको अवस्था छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।