logo

बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बोनस दर बढाउने तयारीमा बिमा कम्पनी 

    1171   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएसँगै बिमा कम्पनीले पनि बोनस दर बढाउने तयारी गरेका छन् । पछिल्लो समय तरलता संकुचनसँगै बैंकहरूले ब्याजदर वृद्धि गरेपछि त्यसको सकारात्मक प्रभाव बिमा कम्पनीले बिमितलाई दिने बोनस दरमा पर्ने भएको हो । 
जसका लागि जीवन बिमा कम्पनीहरूले ब्याजदर घटबढसँग बिमा कम्पनीको प्रत्यक्ष सम्बन्ध हुने भन्दै अहिलेको वृद्धिले बोनस दरमा पनि बढाउन मद्दत गर्ने बताएका हुन् । हाल बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदरको सीमा ८ प्रतिशत पु¥याएका छन् । यसअघि यस्तो ब्याजदर जम्मा ६ प्रतिशतमा सीमित थियो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले बैंकको ब्याजदर जति बढ्छ, त्यसले बिमा कम्पनीलाई सकारात्मक प्रभाव पार्ने बताए । ब्याजदर बढ्दा बिमितलाई दिने प्रतिफल पनि बढ्ने भएकाले पहिला घटेको ब्याजदर अहिले बढेको भन्दै उनले  बिमा कम्पनीका लागि यो राम्रो कुरा भएको बताए ।  
यसैगरी, उनले बैंकको ब्याजदर परिवर्तन भइरहने कुरा हो भन्दै अहिलेको वृद्धि कहिलेसम्म कायम रहन्छ ? त्यो कुराले बिमा कम्पनीको बानेस दरलगायतका कुरामा पनि परिवर्तन आउने बताए ।   यसैगरी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ सुरेश खत्रीले ब्याजदर बढ्नु बिमा कम्पनीका लागि सकारात्मक कुरा भएको बताए । उनले भने, ‘बैंकको ब्याजदर बढ्नु भनेको बिमितका लागि राम्रो कुरा हो । जीवन बिमा कम्पनीको मुख्य लगानी नै बैंकको मुद्दती निक्षेपमा हुन्छ । ब्याजदर बढ्दा बोनस वृद्धिमा निकै सहयोग पु¥याउँछ ।’ जीवन बिमा कम्पनीहरूको आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमाससम्म बैंकमा तीन खर्ब ५९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ लगानी छ भने निजीवन बिमातर्फ ६३ अर्ब ३९ करोड रुपैयाँ लगानी छ । 
जीवन बिमा कम्पनीहरूले सरकारको बचत तथा ऋण पत्र, ‘क’ वर्गको बैंकको मुद्दती निक्षेप, नेपाल पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै आएका छन् । त्यस्तै, घरजग्गामा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चर, कृषि, पर्यटन र जलस्रोतलगायतका पूर्वाधार, म्युचअल फन्ड र नागरिक लगानी कोषमा लगानी गर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।