logo

नाराबाजीकैबीच संसोधित बजेट दुवै सदनबाट पारित

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउने

    1060   पटक पढिएको

७ असोज / अर्थ र व्यापार –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच सरकारले ल्याएको संशोधित बजेट संसद्का दुवै सदनबाट पारित भएको छ । बिहीबार पारित भएको संसोधित नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेछिन् । त्यसपछि कार्यान्वयनमा लगिनेछ ।

अघिल्लो सरकारले अध्यादेश मार्फत गत १५ जेठमा ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा प्रतिस्थापन विधेयक मार्फत फेरि नयाँ संसोधित बजेट ल्याएका थिए । सो विधेयकलाई बिहीबार बसेको राष्ट्रियसभा बैठकले पारित गरेको थियो । त्यसपछि पुनः प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त पत्र प्रस्तुत भई पारित गरिएको हो । 
राष्ट्रियसभाबाट पारित भएर आएको सो विधेयकलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणकालागि पठाउने छन् । त्यसपछि स्वतः कार्यान्वयनमा आउने छ र बजेट होलिडेको संचित कोषको रकम खर्च गर्न नपाउने संवैधानिक बन्देज हट्ने छ । 
नेकपा एमालेको अवरोधकै कारण नेपालको इतिहासमा गत ३१ भदौदेखि सरकारले आफ्नो ढुकुटीमा भएको पैसा समेत (संघीय सञ्चित कोषबाट ) खर्च गर्न नपाउने स्थिति  निम्तिएको थियो । 
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट गत ३० भदौमा नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले बजेट होलिडेको अवस्था आउन नदिने गरी समयमै प्रतिस्थापन विधेयक अघि सार्न सकेको थिएन । जसका कारण हाल संवैधानिक अंग तथा उच्च पदमा आसिन व्यक्ति तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक अन्य खर्च रोकिएको अवस्था छ । तर, सदनको दुवै सदनले यस संसोधित बजेट पारित गरेकाले अब राष्ट्रपतिबाट प्रमाणीकरण हुनासाथ सरकारले बजेट खर्च पाउने छ । 
प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित भएको हो । बिहीबारको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै विगतका दिनझैं प्रतिपक्षी दल एमाले सांसदहरुले संसदको वेल घेरेर नाराबाजी गरेका थिए । नारावाजीकैबीचमा सभामुख सापकोटाले संसदको कारबाही अघि बढाएका थिए । सो समय सभामुखले अर्थमन्त्री शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । त्यसपछि सभामुख सापकोटाले विधेयक बहुमतले पारित भएको घोषणा गरेका थिए । पेस भएका दुबै विधेयक पारित भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी ११ असोजको दिउँसो २ बजेसम्मकालागि स्थगित गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।