logo

संविधान दिवसमा यि उद्योगी व्यवसायी परे ‘विभूषण र पदक’ छनोटमा  

कसले कुन पदक पाउँदै ?

    1717   पटक पढिएको


३ असोज / अर्थ र व्यापार – संविधान दिवसका अवसरमा विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरु विभूषण र पदकबाट विभूषित हुने भएका छन् । सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट उनीहरुको नाम छनोटगरि सम्मान गर्ने निर्णय गरेको हो ।
सरकारबाट विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित हुनेहरुमा सुकीर्तिमय राष्ट्रदीपबाट डा. उपेन्द्र  महतो, सुरेन्द्रवीर मालाकार, उद्यमी देवीप्रकाश भट्टचन, ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापा विभूषित हुँदै छन् । 
यसैगरि, सुप्रबल जनसेवा श्री पदकबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल सहित शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवाल, खेतान समूहका अध्यक्ष राजेन्द्रकुमार खेतान, शारडा समूहका शिवरतन शारडा लगायत विभूषित हुँदै छन् । त्यसैगरि, सुप्रवल जेनसेवा श्री पदक विभूषित हुने अन्य व्यवसायीहरुमा निर्माण व्यवसायी रमेश शर्मा, अर्का निर्माण व्यवसायी हुमनाथ कोइराला, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, बैंकर उपेन्द्र पौडेल, अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल, अम्बिकाप्रसाद पौडेल, सञ्जयकुमार खेतान, राजु ढकाल, गोकुल भण्डारी, देवकृष्ण मुण्दडा, कमलकिशोर मालपानी, रविना देशराज श्रेष्ठ विभूषित हुने सूचीमा छन् ।
संविधान दिवसकै अवसरमा नाम छनोट गरि जनसेवाश्री पदक पाउने व्यवसायीहरुमा राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकन्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरिश्वर शर्मा, सुनिलबल्लभ पन्त, दिपप्रकाश पाण्डे, बद्री गुरागाँई, सौरभ दुगड, चिन्तामणी न्यौपाने, नारायण बजाज, राजेन्द्र मल्ल, यादवसिंह कार्की, विनोद ज्ञावाली लगायत रहेका छन् ।
संविधान दिवसको अवसरमा पदक पाउने सूचिमा नाम छानिएका यि व्यवसायीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष कार्यक्रमकाबीच सम्मान गर्ने छिन । सरकारले ३८ जना उद्योगी व्यवसायीलाई विभिन्न मानपदकबाट सम्मान गर्ने भएको हो । 
देश र जनताका लागि योगदान दिने व्यक्तिहरूको सम्मानार्थ हरेक वर्ष सरकारले संविधान दिवसको अवसर पारेर यस्तो सम्मान दिने गर्दै आएको छ । संविधान दिवसको अवसरमा आइतबार सरकारले उद्योगी व्यवसायी सहित ९०३ जनालाई विभूषणद्वारा सम्मान गर्ने घोषणा गरेको छ । 
यसरी नाम स्वीकृत भई छनोटमा परेकाहरुलाई विभूषण सहित सम्मान गर्न सरकारले विशेष कार्यक्रम आयोजना गरेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दिइने गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेका अनुसार यसपालिको संविधान दिवसको अवसरमा विभिन्न २५ किसिमका विभूषण घोषणा गरिएको छ । जसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक रहेका छन् । प्रबल जनसेवा श्री विभूषणको १०८ नम्बरमा निर्माण व्यवसायी हुमनाथ कोइरालाको नाम रहेको छ । कोइरालाको बिकोई बिल्डर्सले मुलुकको पूर्वाधार निर्माणमा राम्रो योगदानपूर्ण काम गर्दै आएको छ । विभूषण सिफारिस गृहमन्त्रीको अध्यक्षमा गठित समितिले गर्दछ । सोही समितिले विभिन्न निकायबाट आएका व्यक्तिको नाम सिफारिस गर्ने गरेको गृह मन्त्रालयले जनाएको छ । सिफारिसभई आएका नामहरु मध्ये कस्को योगदान कति र के आधारमा विभूषण दिने भन्ने सर्वस्वीकार्य हुने गरीको मापदण्ड भने नभएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।  
यि हुन विभिन्न मानपदवीले सम्मानित हुने उद्योगी व्यवसायी 
सुप्रवल जनसेवा श्री पदक
धुर्वकुमार श्रेष्ठ
शेखर गोल्छा
राजेन्द्र कुमार खेतान
विष्णु कुमार अग्रवाल
शिव रतन सारदा
साहिल अग्रवाल
रामशरण भण्डारी
विनोदराज ज्ञवाली
सुकीर्तिमय राष्ट्रदिप पदक
डा. उपेन्द्र महतो
देविप्रकाश भट्टचन
रामेश्वर थापा
कैलाश सिरोहिया
प्रवल जेनसेवा श्री पदक 
मोतिलाल दुगड
सञ्जय कुमार खेतान
विष्णु प्रसाद न्यौपाने
रमेश शर्मा, निर्माण व्यवसायी
हुमनाथ कोईराला, निर्माण व्यवसायी 
गोकुल भण्डारी
गोविन्द गोइन्का
अर्जुनमान सैजु
नारायण अग्रवाल
कुञ्ज अग्रवाल
अम्बिका प्रसाद पौडेल
युवा उद्यमी, शौरभ दुगडा
देब किसन मुन्दडा
कृष्ण प्रसाद शर्मा, लुम्बीनी प्रदेशका व्यवसायी
चिन्तामणी न्यौपाने, पर्यटन व्यवसायी
राजु ढकाल, पर्यटन व्यवसायी
जनसेवाश्री पदक
कमलकिसोर मालपानी
यादवसिंह कार्की
चुन्दप्रसाद पौडेल
नरिश्वर शर्मा
अमर बहादुर बानियाँ, कृषी व्यवसायी
चन्द्र ढकाल, सहकारी अचियान्ता
सागर थापा
प्रेमकण्ठ श्रेष्ठ
आइडिया स्टुडियो नवप्रवर्तक ( स्टार्टअप)
राधेश्याम हलुवाई 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।