logo

नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भारतीय निजी कार्गो रेल विरगञ्ज सुख्खा बन्दरगाहमा

    1349   पटक पढिएको

३० भाद्र /अर्थ र व्यापार–  नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भएको छ । भारतीय निजी कम्पनीको कार्गो रेल पहिलोपटक सामान लिएर बुधबार विरगञ्ज सुख्खा बन्दरगाहमा आइपुगेसँगै नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भएको हो । भारतीय निजी रेल सेवा कम्पनी हिन्द टर्मिनल प्रालि(एचटीपीएल)ले नेपालमा पहिलो पल्ट आफ्नै रेलमा विभिन्न ढुवानीका सामान विरगञ्जको सुख्खा बन्दरगाहमा ल्याएको छ ।

सो रेल्वे कम्पनीले पहिलोपल्ट भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर बोकेको रेल ल्याएएको हो। जसका कारण अहिले नेपाल–भारत तथा तेस्रो मुलुकको पारवहन क्षेत्रमै यसलाई महत्वपूर्ण मानिएको छ । सन् २००० देखि निर्माण कार्य शुरु भई सन २००४ देखि सञ्चालनमा आएको वीरगंजको सिर्सिया सुक्खा बन्दरगाहमा हालसम्म रेलबाट मालसामान आउने गरेको छ।
यहाँ हालसम्म भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कोन्करले मात्र रेल सञ्चालन गर्दै आएको थियो ।

तर डेढ महिना अघि नेपाल र भारतका सरकारबीच भएको रेल्वे सर्भिस एग्रिमेन्ट(आरएसए) अनुसार, नेपाली, भारतीय वा विदेशी रेल सञ्चालन गर्ने कम्पनीले पनि मालसमान बोक्ने रेल चलाउने व्यवस्थालाई स्वीकृति प्रदान गरेपछि भारतीय निजी कम्पनीले पहिलो पल्ट कन्टेनर बोकेको रेल ल्याएको हो ।
बुधबार पश्चिम बंगालको हल्दिया बन्दरगाहबाट हिडेको रेल बिहारको सीतामढी हुँदै नेपाल आइपुगेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र शाहीका अनुसार ९० वटा २० फुटे कन्टेनर लोड गर्ने ¥याक बोकेको निजी रेल हिन्द टर्मिनलले बुधबार विहान ९ बजेपछि रक्सौल भन्सारबाट आवश्यक कागजी प्रक्रिया पुरा गरी विहान १० बजे विरगन्ञ्को सिर्सिया सुक्खा बन्दरगाहमा प्रवेश गरेको थियो । 
‘बुधबार विहान ९ बजे भन्सारको प्रक्रिया पुरा गरेर सो रेल नेपाल प्रवेश गरेको थियो । यो नेपाल–भारत र तेस्रो मुलुकको व्यापार सहजीकरणमा निकै महत्वपूर्ण कदम भएको उनको भनाई छ ।  रेलमार्गबाट मालसमान आयात निर्यातमा प्रतिस्पर्धी थपिएपछि आयात, निर्यात भाडामा कमी आउने विश्वास छ।वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले एकभन्दा बढी रेल सञ्चालक कम्पनीले समान ल्याउन थालेपछि कोन्करको एकलौटी समाप्त हुने र प्रभावकारी किसिमले आयात निर्यातमा मद्दत पुग्ने बताए।
उनले भने, ’अब नेपाली आयातकर्ताको समान सही समयमा किफायती भाडामा नेपाल आउने छ।’  व्यवसायीका अनुसार प्रतिस्पर्धी थपिएपछि १० देखि २० प्रतिशतसम्म रेलको भाडामा कमी आउने अनुमान छ । सिर्सिया सुक्खा बन्दरगाह कम्पनी प्रिस्टिन भ्याली प्रालिले पनि आफ्नै रेल चलाउने योजना अघि बढाएको छ । 
भारतीय निजी कार्गो हिन्द टर्मिनल प्रालिले २००५ देखि मुम्बईको जवाहरलाल नेहरु बन्दरगाहबाट शुरुमा वेयरहाउस सञ्चालन गर्दै लजिस्टिक व्यवसायमा हात हालेको थियो भने अहिले आफ्नै रेल सञ्चालन गर्न भारत सरकारबाट अनुमति पाएको कम्पनी हो । यसको भारतको जहावरलाल नेहरु पोर्ट, मुन्द्रा, हजिरा, चेन्नईमा आफ्नै कन्टेनर फ्रेट स्टेशन र दिल्लीको पलवारमा मल्टी मोडल रेल लिंक्ड लजिस्टिक पार्क सञ्चालनमा छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।