logo

नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भारतीय निजी कार्गो रेल विरगञ्ज सुख्खा बन्दरगाहमा

    1084   पटक पढिएको

३० भाद्र /अर्थ र व्यापार–  नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भएको छ । भारतीय निजी कम्पनीको कार्गो रेल पहिलोपटक सामान लिएर बुधबार विरगञ्ज सुख्खा बन्दरगाहमा आइपुगेसँगै नेपाल–भारत रेल्वे सम्झौताको ‘ब्रेक थ्रु’ भएको हो । भारतीय निजी रेल सेवा कम्पनी हिन्द टर्मिनल प्रालि(एचटीपीएल)ले नेपालमा पहिलो पल्ट आफ्नै रेलमा विभिन्न ढुवानीका सामान विरगञ्जको सुख्खा बन्दरगाहमा ल्याएको छ ।

सो रेल्वे कम्पनीले पहिलोपल्ट भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर बोकेको रेल ल्याएएको हो। जसका कारण अहिले नेपाल–भारत तथा तेस्रो मुलुकको पारवहन क्षेत्रमै यसलाई महत्वपूर्ण मानिएको छ । सन् २००० देखि निर्माण कार्य शुरु भई सन २००४ देखि सञ्चालनमा आएको वीरगंजको सिर्सिया सुक्खा बन्दरगाहमा हालसम्म रेलबाट मालसामान आउने गरेको छ।
यहाँ हालसम्म भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कोन्करले मात्र रेल सञ्चालन गर्दै आएको थियो ।

तर डेढ महिना अघि नेपाल र भारतका सरकारबीच भएको रेल्वे सर्भिस एग्रिमेन्ट(आरएसए) अनुसार, नेपाली, भारतीय वा विदेशी रेल सञ्चालन गर्ने कम्पनीले पनि मालसमान बोक्ने रेल चलाउने व्यवस्थालाई स्वीकृति प्रदान गरेपछि भारतीय निजी कम्पनीले पहिलो पल्ट कन्टेनर बोकेको रेल ल्याएको हो ।
बुधबार पश्चिम बंगालको हल्दिया बन्दरगाहबाट हिडेको रेल बिहारको सीतामढी हुँदै नेपाल आइपुगेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र शाहीका अनुसार ९० वटा २० फुटे कन्टेनर लोड गर्ने ¥याक बोकेको निजी रेल हिन्द टर्मिनलले बुधबार विहान ९ बजेपछि रक्सौल भन्सारबाट आवश्यक कागजी प्रक्रिया पुरा गरी विहान १० बजे विरगन्ञ्को सिर्सिया सुक्खा बन्दरगाहमा प्रवेश गरेको थियो । 
‘बुधबार विहान ९ बजे भन्सारको प्रक्रिया पुरा गरेर सो रेल नेपाल प्रवेश गरेको थियो । यो नेपाल–भारत र तेस्रो मुलुकको व्यापार सहजीकरणमा निकै महत्वपूर्ण कदम भएको उनको भनाई छ ।  रेलमार्गबाट मालसमान आयात निर्यातमा प्रतिस्पर्धी थपिएपछि आयात, निर्यात भाडामा कमी आउने विश्वास छ।वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले एकभन्दा बढी रेल सञ्चालक कम्पनीले समान ल्याउन थालेपछि कोन्करको एकलौटी समाप्त हुने र प्रभावकारी किसिमले आयात निर्यातमा मद्दत पुग्ने बताए।
उनले भने, ’अब नेपाली आयातकर्ताको समान सही समयमा किफायती भाडामा नेपाल आउने छ।’  व्यवसायीका अनुसार प्रतिस्पर्धी थपिएपछि १० देखि २० प्रतिशतसम्म रेलको भाडामा कमी आउने अनुमान छ । सिर्सिया सुक्खा बन्दरगाह कम्पनी प्रिस्टिन भ्याली प्रालिले पनि आफ्नै रेल चलाउने योजना अघि बढाएको छ । 
भारतीय निजी कार्गो हिन्द टर्मिनल प्रालिले २००५ देखि मुम्बईको जवाहरलाल नेहरु बन्दरगाहबाट शुरुमा वेयरहाउस सञ्चालन गर्दै लजिस्टिक व्यवसायमा हात हालेको थियो भने अहिले आफ्नै रेल सञ्चालन गर्न भारत सरकारबाट अनुमति पाएको कम्पनी हो । यसको भारतको जहावरलाल नेहरु पोर्ट, मुन्द्रा, हजिरा, चेन्नईमा आफ्नै कन्टेनर फ्रेट स्टेशन र दिल्लीको पलवारमा मल्टी मोडल रेल लिंक्ड लजिस्टिक पार्क सञ्चालनमा छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।