logo

क्रिप्टोकरेन्सीको कारोबार गैर कानुनी हो, प्रयोग नगर्नु : राष्ट्र बैंक 

    1097   पटक पढिएको

२५ भाद्र / अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन जारी गरेको छ । पछिल्लो समय नेपालमा पनि बिटक्वाइन सहितका कैयौं क्रिप्टोकरेन्सीको कारोबार भइरहेको पाइएपछि राष्ट्र बैंकले यस्तो कारोबार नगर्न सम्बन्धीत सरोकारवालाहरुलाई निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकद्धारा जारि निर्देशनमा राष्ट्र बैंकले भनेको छ, ‘नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र निर्माण (माइनिङ) गैरकानुनी हो । त्यस्ता प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु÷नगराउनुहुन राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।’
विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को व्यवस्था बमोजिम राष्ट्र बैंकले निर्देशन जारी गर्दै भनेको छ, ‘हालका दिनमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने–गराउने समेत पाइएको र त्यस्ता कार्यबाट सर्वसाधारण ठगिएको÷ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरेको÷गराइएको पाइए कानुन बमोजिम दन्ड संजाय हुने जानकारी गराइन्छ ।
यसअघि राष्ट्र बैंकले २०७४ सालको ३० साउनमा यस्तै निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज लगाएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा केही देशहरुबीच खुलमखुला वैद्य रुपले कारोबार भईरहेका मुलुकहरुमा १ बिटक्वाइनको मुल्य ५२ हजार अमेरिकी डलर पुगेको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।