logo

काठमाडाँैमा डेढ लाख रोपनी जग्गाको कित्ताकाटमा रोक

    2501   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-काठमाडौं उपत्यकाको चार स्थानमा निर्माण गर्न लागेको स्याटलाइट सिटी क्षेत्रमा भौतिक संरचना निर्माण र जग्गा कित्ताकाट गर्न सरकारले  रोक लगाएको छ । स्याटलाइट सिटीले चर्चिने जुनसुकै प्रकारको अचल सम्पत्ति काठमाडौं उपत्यका विकास प्राधिकरणको पूर्वस्वीकृतिविना भौतिक परिवर्तन गर्न वा टुक्र्याउन नपाउने गरी तीन वर्षका लागि रोक लगाइएको हो ।

राजधानीका चार दिशामा निर्माण गरिने स्याटलाइट सिटीले १ लाख ३० हजार रोपनी क्षेत्रफल चर्चेको छ । काठमाडौं उपत्यकाको व्यवस्थित सहरीकरणका लागि भन्दै उत्तर–पूर्व क्षेत्रमा १ लाख रोपनी जग्गामा स्याटलाइट सिटी बनाउने योजना बनाइएको छ । काठमाडौं पूर्व–दक्षिण क्षेत्र, काठमाडौं दक्षिण–पश्चिम क्षेत्र र काठमाडौं उत्तर क्षेत्रमा रहने तीन सहरको क्षेत्रफल भने बराबर १० हजार रोपनी रहनेछन् । २९ वैशाख ०७४ देखि भौतिक परिवर्तन र टुक्र्याउन नपाउने गरी लगाइएको रोक २८ वैशाख ०७७ सम्म कायम रहनेछ । 

यसअघि २४ वैशाख ०७४ मा सहरी विकास मन्त्रालयअन्तर्गत रहेको काठमाडौं उपत्यकाको भौतिक विकास समितिको आठौँ बैठकले उपत्यकाभित्रका चार दिशामा चार नयाँ सहर (नगर) निर्माण गर्ने निर्णय गरेको थियो । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।