logo

एक वर्षमै कुल १० खर्ब ५९ अर्बको वैदेशिक व्यापार

    1496   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – गत आर्थिक वर्ष २०७३/७४ मा कुल १० खर्ब ५९ अर्ब वैदेशिक व्यापार भएको छ । गएको आवमा कुल ९ खर्ब ८४ अर्बको वस्तु तथा सेवा आयात भएको छ भने ७४ अर्ब ७१ करोड बस्तु तथा सेवा नेपालबाट वाहिरिएको छ । गएको वर्ष भएको वैदेशिक व्यापार अघिल्लो आवको भन्दा २ खर्ब ८५ अर्बले बढी भएको छ ।

अघिल्लो आव २०७२/७३ मा विभिन्न मुलुकसँग वैदेशिक व्यापार ८ खर्ब ४४ अर्ब ९६ करोड वैदेशिक व्यापार भएको थियो । उक्त व्यापारमध्ये ७ खर्ब ७४ अर्ब ७१ करोडको आयात हो भने निर्यात ७० अर्ब २५ करोड हो । नेपालको भारतसँग करिब दुई तिहाइ व्यापार हुँदै आएको छ । गएको वर्ष भएको वैदेशिक व्यापारमा ९ खर्ब ९ अर्ब व्यापार घाटा देखिएको छ ।

गत वर्ष भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोडको वस्तु तथा सेवा आयात भएको छ । नेपालबाट भने भारतमा ४१ अर्ब ६० करोडको मात्र वस्तु निर्यात भएको छ । एक वर्षको अवधिमा भारतसँग ५ खर्ब ९९ अर्ब ५७ करोड रुपैयाँ व्यापार घाटा भएको छ । चीनबाट १ खर्ब १९ अर्ब ८७ करोडको वस्तु भित्रिँदा नेपालबाट एक अर्ब ७० करोडको वस्तु निर्यात भएको छ । नेपालले चीनसँग एक खर्ब २८ अर्ब १७ करोडको व्यापार घाटा बेहोर्नु परेको छ ।

गत वर्ष नेपाल भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । एक वर्षको सो अवधिमा एक खर्ब ४० अर्ब पाँच करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो । दोस्रो नम्बरमा रहेको फलाम तथा स्टिल र तिनका उत्पादन ९३ अर्ब ७१ करोडको भित्रिएको छ । गत वर्ष विभिन्न मुलुकबाट ७९ अर्ब ५० करोडको सवारी तथा पार्टपुर्जा भित्रिएको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा भने धेरै हो । कृषि प्रधान मुलुकमा ४० अर्ब १४ करोड रुपैयाँको खाद्यन्न आयात गरिएको छ ।

नेपाली कार्पेट गत वर्ष विभिन्न मुलुकमा ७ अर्ब ६३ करोडको कार्पेट निर्यात भएको छ । चिया र कफी सात अर्ब दुई करोडको निर्यात भएको छ । गत वर्ष पाँच अर्ब ११ करोडको तरकारी तथा फलफूल निर्यात भएको हो । विगत ५ वर्षअघि नै नेपाल सरकारले वार्षिक निर्यात एक खर्ब निर्यात गर्ने लक्ष्य राखेको थियो ।

भारतबाट पेट्रोलियम पदार्थ, फलाम, स्टिल, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, यातायातका साधन, मेसिनरी तथा पार्टपुर्जा, औद्योगिक कच्चा पदार्थलगायत आयात भएको देखिन्छ । चीनबाट दूरसञ्चार सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मल बढी आयात भएको छ । तेस्रो मुलुकबाट सुनचाँदी, प्लास्टिकको कच्चापदार्थ, महँगा सवारीसाधन लगायत बढी आयात गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।