logo

नेप्सेको हाकिम बन्न एक दर्जनको प्रतिष्पर्धा

    1727   पटक पढिएको

२० असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का महाप्रबन्धक सिताराम थपलियाको कार्यकाल असार २२ गते सकिँदैछ । १८ खर्ब भन्दा बढि सेयर क्यापिटलाइजेशन भएको नेपाली पुँजी बजारको फ्रन्टलाइन रेगुलेटशन गर्ने निकायका रुपमा रहेको नेप्सेको नेतृत्वका लागि करिब एक दर्जन व्यक्तिहरु प्रतिष्पर्धामा छन् । 

त्यसो त थपलिया आफैं पनि कार्यकाल दोहोर्याउने अभियानमा छन् । थपलिया बाहेक नेप्सेको जीएम बन्न नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक शिवनाथ पाण्डे पनि लागिपरेका छन् । त्यस बाहेक, एनआइबीएल क्यापिटका विनोद प्याकुरेल, ज्योति विकास बैंकका डेप्युटी सिईओ मनोज ज्ञवाली, चाटर्ड एकाउण्टेण्ट प्रकाश लम्साल र भोला पाण्डे लगायतले लबिङ तिब्र पारेका छन्।

नेपाल धितोपत्र बोर्ड र नेप्सेका बिचमा यतिबेला सम्बन्ध बिग्रिएको छ तर त्यस्तो सम्बन्ध संस्थागत नभएर व्यक्तिगत मात्रै हो । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की र नेप्सेका महाप्रबन्धक सिताराम थपलियाको व्यक्तिगत इगोका कारण दुई नियामक बिच सम्बन्ध बिग्रिएको हो । यी दुबैलाई नेपाली काँग्रेसको सिफारिसमा नियुक्त गरिएको थियो ।

यतिबेला पनि काँग्रेसकै नेतृत्वमा सरकार रहेकाले थपलियाले दोश्रो कार्यकाल थप्ने अपेक्षा गरेका छन् । तर बोर्डका अध्यक्ष कार्की र अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नजिकको सम्बन्धका कारण थपलियाको योजना सफल हुनेमा आंशका उब्जिएको छ । बोर्डका अध्यक्ष कार्कीलाई रिजाउन सक्ने व्यक्ति मात्रै यतिबेला नेप्सेको महाप्रबन्धक बन्न सक्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।