logo

उपत्यकाका नौ स्थानमा यति बैंकले जेब्रा क्रसिङ मर्मत गरिदिने

    1936   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-उपत्यकाका नौ स्थानमा यति डेभलपमेन्ट बैंक लिमिटेडले जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ । यति डेभलपमेन्ट बैंकले ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो ।

आज ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख  प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । वार्षिक ४० देखि ४५ प्रतिशत मानिस जथाभावी बाटो काटेका कारण अकालमा मृत्यु हुने गरेको छ र यसलाई कम गर्नका लागि जेब्रा क्रसिङ बनाउन साथै मर्मत गरेर बैंकले राम्रो सामाजिक काम गर्न लागेको हो ।

बैंकले संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत राजधानीका बिभिन्न नौ स्थानका जेब्रा क्रसिङमा रङ लगाइदिने भएको छ । सर्वसाधारणलाई जेब्राक्रसिङ पहिचान गर्न सजिलो होस् भनेर रङ लगाउन लागेको भनेर उल्लेख गरिएको छ । ट्राफिक प्रहरीले जेब्राक्रसिङबाट मात्र बाटो काट्न सर्वसाधारणलाई कडाइ गरेसँगै बैंकले यो अभियानमा रचनात्मक साथ दिएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।