logo

बैंकिङ क्षेत्रको सुरक्षाका लागि गभर्नर पौडेलले थाले प्रहरी महानिरीक्षक र बैंकरसँग छलफल

    952   पटक पढिएको


४ माघ/अर्थ र व्यापार – पछिल्लो समय एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण हुन थालेपछि बैंकिङ क्षेत्रको सुरक्षाका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल सुरु गरेको छ ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वप्रसाद पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएर सुरक्षा चुनौती बढेको विषयमा छलफल गरेका हुन् । गभर्नर पौडेलले नेपाल बैंकर्स संघका पदाधिकारीको उपस्थितिमा प्रहरी महानिरिक्षक कार्कीसँग छलफल गरेका हुन् ।
गभर्नर पौडेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेर प्रहरी महानिरीक्षक कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लको पटक गत २९ पुसको राति १० बजे सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाट भएको थियो । सिन्धुली बजारबाट करिब ३५ किलोमिटर टाढा पर्ने सो बैंकबाट हात हरितार सहित बैंकमा परेका लुटेराहरूको समूहले कर्मचारीलाई नियन्त्रणमा लिएर बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटेर भागेको थियो ।
यसअघि सप्तरीमा ऋणको विषयमा बुझ्न जाँदा ज्योति विकास बैंकका कर्मचारी कुटपिटमा परेका थिए । यसैगरी, सुनसरीमा पनि एनआइसी एसिया बैंकको कार्यालयमै पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको थियो । बैंक र बैंकमा कार्यरत कर्मचारीमाथी भएका यस्ता अपराधजन्य तथा लुटपाटका घटना नियन्त्रण र बैंकिङ क्षेत्रको सुरक्षा गर्नकालागि राष्ट्र बैंकले प्रहरी महानिरीक्षक र बैंकर्स संघका प्रतिनिधीलाईसँगै राखेर विशेष छलफल गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।