logo

भार्गव विकास बैंकको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

    1399   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार  - भार्गव विकास बैंकको शेयरधनीलाई प्रस्ताव गरेको चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने चैत २१ गते बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि  चैत २२ शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनुका साथै गत आर्थिक वर्षको नाफाबाट लाभांश पाउनेछन् । 

हाल चुक्ता पूँजी ५० करोड १६ लाख रुपैयाँ रहेको बैंकले साधारण सभाले अनुमोदन गरेपश्चात तीन करोड ९६ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी ५० करोड पुर्याइसकेको यस विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद मात्र बाँड्ने भएको हो ।

पुस २० गते बेलुका ६ बसेको बैंक सञ्चालक समितिको १८९ औं बैठकले गत आर्थिक वर्ष २०७४।७५ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले चैत ३० गते सभा भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जानु परेमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नुका साथैआर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।