logo

युनाइटेड फाइनान्समा भारतको मुत्तुट फाइनान्सले लगानी गर्ने 

    1058   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - भारतको मुत्तुट फाइनान्सद्वारा युनाइटेड फाइनान्समा लगानी गरिने भएको छ । मुत्तुटले लगानी सम्मेलनमा गरेको प्रतबद्धता अनुसार युनाइटेडमा पैसा हालेको हो । भारतको कोचीमा प्रधान कार्यालय रहेको मुत्तुट फाईनेन्सले युनाइटेड फाइनान्समा गत कात्तिक ३० गते नै पैसा हाल्ने सहमति गरेको थियो । लगानी सम्मेलनमा त्यही सहमतिलाई सम्झौताको रुप दिइएको थियो ।

मुत्तुटले संस्थागत समुह अन्र्तगत रहने गरी थप २१ लाख कित्ता सेयरमा लगानी गर्ने गरी ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो । अंकित मूल्य १०० रुपैयाँमा ९० रुपैयाँ प्रिमियम थपेर १९० रुपैयाँका दरले लगानी गरेको हो । लगानी गरे वापतको रकमको चेक मुत्तुटका अध्यक्ष एमजी जर्ज मुत्तुटले प्रधानमन्त्री केपी ओलीलाई सांकेतिक रुपमा बुझाएका थिए । छुट्टै कार्यक्रम गरेर यूनाईटड फाईनान्सका अध्यक्ष  वसन्तकुमार चौधरीलाई हस्तान्तरण गरेका छन् ।

मुत्तुटका अध्यक्ष एमजी जर्जले युनाईटेड फाईनान्ससँगको सहकार्य नेपालमा संयुक्त लगानीको शुरुवात मात्र भएको र भविष्यमा बैंकिङ तथा वित्तिय क्षेत्र, बिमा, शिक्षा जस्ता अन्य क्षेत्रमा समेत लगानी बढाउन सकिने जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।