logo

युनाइटेड फाइनान्समा भारतको मुत्तुट फाइनान्सले लगानी गर्ने 

    1331   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - भारतको मुत्तुट फाइनान्सद्वारा युनाइटेड फाइनान्समा लगानी गरिने भएको छ । मुत्तुटले लगानी सम्मेलनमा गरेको प्रतबद्धता अनुसार युनाइटेडमा पैसा हालेको हो । भारतको कोचीमा प्रधान कार्यालय रहेको मुत्तुट फाईनेन्सले युनाइटेड फाइनान्समा गत कात्तिक ३० गते नै पैसा हाल्ने सहमति गरेको थियो । लगानी सम्मेलनमा त्यही सहमतिलाई सम्झौताको रुप दिइएको थियो ।

मुत्तुटले संस्थागत समुह अन्र्तगत रहने गरी थप २१ लाख कित्ता सेयरमा लगानी गर्ने गरी ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो । अंकित मूल्य १०० रुपैयाँमा ९० रुपैयाँ प्रिमियम थपेर १९० रुपैयाँका दरले लगानी गरेको हो । लगानी गरे वापतको रकमको चेक मुत्तुटका अध्यक्ष एमजी जर्ज मुत्तुटले प्रधानमन्त्री केपी ओलीलाई सांकेतिक रुपमा बुझाएका थिए । छुट्टै कार्यक्रम गरेर यूनाईटड फाईनान्सका अध्यक्ष  वसन्तकुमार चौधरीलाई हस्तान्तरण गरेका छन् ।

मुत्तुटका अध्यक्ष एमजी जर्जले युनाईटेड फाईनान्ससँगको सहकार्य नेपालमा संयुक्त लगानीको शुरुवात मात्र भएको र भविष्यमा बैंकिङ तथा वित्तिय क्षेत्र, बिमा, शिक्षा जस्ता अन्य क्षेत्रमा समेत लगानी बढाउन सकिने जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।