logo

सेञ्चुरी बैंकको हकप्रद सुरक्षित गर्नेे आज अन्तिम दिन

    1498   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – सेञ्चुरी कमर्शियल बैंकको ४० प्रतिशत हकप्रद सुरक्षित  गर्ने सोमबार अन्तिम दिन हो । बैंकले जारी गर्ने हकप्रदका लागि असार २७ गते मंगलबार सेयरधनी किताब बन्द गर्ने घोषणा गरेकाले सोमबारसम्म सेयर किनेका लगानीकर्ता मात्र हकप्रद सेयरका लागि योग्य हुनेछन् । हकप्रदको झण्झटबाट उन्मुक्ति लिन खोज्नेका लागि पनि आजै अन्तिम मौका हुनेछ ।

सेञ्चुरीले एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद विक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागिसकेको भएपनि कहिलेदेखि निष्काशन गर्ने भन्ने अझै खुलाएको छैन ।

राष्ट बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउनका लागि बैंकले पाँचवटा संस्थालाई एक्वायर गर्ने क्रममा इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई आफुमा गाभेर एकीकृत कारोबार थालीसकेको छ भने सगरमाथा फाईनान्सलाई १०० कित्ता बराबर ९५ कित्ता सेयर स्वापमा गाभ्ने प्रकृया विशेष साधारणसभाबाट पारित गरिसकेको अवस्था छ ।

अब बैंकले अल्पाईन डेभलपमेन्ट र सेती फाईनान्सलाई गाभ्नेछ । पाँचवटै संस्था र हकप्रद जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड पुग्नेछ भने बैंकले चालु आर्थिक बर्षबाट १० प्रतिशत बोनस बाँड्दा सजिलै आठ अर्ब पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।