logo

सेञ्चुरी बैंकको हकप्रद सुरक्षित गर्नेे आज अन्तिम दिन

    1831   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – सेञ्चुरी कमर्शियल बैंकको ४० प्रतिशत हकप्रद सुरक्षित  गर्ने सोमबार अन्तिम दिन हो । बैंकले जारी गर्ने हकप्रदका लागि असार २७ गते मंगलबार सेयरधनी किताब बन्द गर्ने घोषणा गरेकाले सोमबारसम्म सेयर किनेका लगानीकर्ता मात्र हकप्रद सेयरका लागि योग्य हुनेछन् । हकप्रदको झण्झटबाट उन्मुक्ति लिन खोज्नेका लागि पनि आजै अन्तिम मौका हुनेछ ।

सेञ्चुरीले एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद विक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागिसकेको भएपनि कहिलेदेखि निष्काशन गर्ने भन्ने अझै खुलाएको छैन ।

राष्ट बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउनका लागि बैंकले पाँचवटा संस्थालाई एक्वायर गर्ने क्रममा इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई आफुमा गाभेर एकीकृत कारोबार थालीसकेको छ भने सगरमाथा फाईनान्सलाई १०० कित्ता बराबर ९५ कित्ता सेयर स्वापमा गाभ्ने प्रकृया विशेष साधारणसभाबाट पारित गरिसकेको अवस्था छ ।

अब बैंकले अल्पाईन डेभलपमेन्ट र सेती फाईनान्सलाई गाभ्नेछ । पाँचवटै संस्था र हकप्रद जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड पुग्नेछ भने बैंकले चालु आर्थिक बर्षबाट १० प्रतिशत बोनस बाँड्दा सजिलै आठ अर्ब पुग्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।