logo

नेरुडे लघुवित्तको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

    1787   पटक पढिएको

२० असार / अर्थ र व्यापार – नेरुडे लघुवित्तले असार १३ देखि लिलामीमा राखेको संस्थापक र सर्वसाधारण समूह गरी एक लाख आठ हजार ७३६ कित्ता सेयरमा आवेदन गर्ने मंगलबार (आज) अन्तिम दिन हो ।

नेरुडेले सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता र संस्थापक समूहको ९३ हजार ९७७ कित्ता सेयर लिलामी मार्फत बेच्न लागेको हो । लघुवित्तले चैत २४ देखि वैशाख ७ गतेसम्म जारी गरेको ५० प्रतिशत हकप्रदमा अवितरित सेयर लिलामीमा राखेको हो । 

नेरुडेको लिलामी सर्कान चाहने ईच्छुक लगानीकर्ताले मंगलबार (आज) सम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन गर्दा साधारण सेयरमा न्यूनतम एक सय र संस्थापकमा एक हजार कित्तादेखि १० कित्ताको गुणांकमा लिलामीमा राखिएको सबै सेयरका लागि आवेदन गर्न सक्नेछन् ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा असार २१ गते बुधबार दिउँसो ३ बजे बोलपत्र खोलि असार २५ गते बाँडफाँड गर्नेे छ । सेयर पाउन नसक्ने लगानीकर्तालाई असार २८ गतेदेखि रकम फिर्ता हुनेछ ।

चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले सात करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर सोमबार नेप्सेमा प्रतिकित्ता १२४८ रुपैयाँमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।