logo

लुम्बिनी इन्स्योरेन्स र एनएमबि लघुवित्तको हकप्रद आजसम्म, लुम्बिनीले जुटायो नियामक पुँजी

    1231   पटक पढिएको

२९ मंसिर / अर्थ र व्यापार -  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको हकप्रद शेयर आइतबारदेखि बन्द हुने भएको छ। लुम्बनीले गत कात्तिक २४ गतेदेखि चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो। 

कम्पनीले शेयरधनीहरूका लागि १७ लाख ६० हजार कित्ता हकप्रद बिक्री गरेसँगै चुक्ता पुँजी एक अर्ब ५ करोड रूपैयाँ र्पुयाउने छ। यससँगै बीमा समितिले निर्देशन गरेको न्युनतम एक अर्ब रूपैयाँ पुँजी जुटाउने भएको हो। कम्पनीको हालको चुक्ता पुँजी ८८ करोड रूपैयाँ छ। असोज २७ गतेसम्म कायम शेयरधनीहरूले हकप्रद शेयरका लागि आवदेन दिन सक्ने छन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिवीआइएल क्यापिटल रहेको छ। आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट आवदेन दिन सकिने छ। त्यस्तै एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको १ सय ५० प्रतिशत हकप्रद शेयरको बिक्री आइतबारदेखि बन्द हुनेछ। संस्थाले कात्तिक २४ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको थियो। कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरूले एक कित्ता बराबर १.५ कित्ताको अनुपातमा आवेदन दिन सक्नेछन्। 

संस्थाले २४ लाख ३० हजार कित्ता हकप्रद निष्कासन गरेसँगै चुक्ता पुँजी ४० करोड ५० लाख रूपैयाँ कायम हुनेछ। संस्थाको हालको पुँजी १६ करोड २० लाख रूपैंयाँ छ। संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ। शेयरधनीहरूले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्ने छन्।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट हकप्रद शेयरबाट कायम हुने पुँजीका लागि समेत १२ प्रतिशत बोनस शेयर प्रदान गर्नेछ।  बोनस शेयरपछि संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रूपैयाँ पुग्ने छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।