logo

दुगड ग्रुपले बनाउने १६० मेगावाटको ठूलो लाप्चे आयोजनामा लगानी जुट्यो 

    2426   पटक पढिएको


८ पुस/अर्थ र व्यापार– प्रतिष्ठित व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहने ठूलो लाप्चे जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ ।

नाशा हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको १६० मेगावाटको सो आयोजनाको लागि १९ अर्ब ६५ करोड लगानी जुटेको हो ।

आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ । आयोजनाले २०७९ साउनसम्ममा ब्यापारिक उत्पादन सुुरु गरिने लक्ष्य लिएको छ ।

२६ अर्ब २० करोड लागत लाग्ने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाईमा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय स्रोत जुटाइदिएका हो ।

उक्त आयोजनामा नेपाल बैंकले ५ अर्ब, इन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब,  हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाडौंले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब गरी कुल १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध भएको अगुवा नेपाल बैंकले जानकारी दिएको छ ।

नाशा हाईड्रोपावरका अध्यक्ष मोतिलाल दुगड र बैंकहरुका तर्फबाट नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता गरेका छन् ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र विश्लेषण गरी ऋण लगानीका लागि उचित निष्कर्षमा पुगेको बताए ।

कार्यक्रममा प्रवद्र्धक नाशा हाइड्रोपावरका अध्यक्ष मोतिलाल दुगडले हालसम्मकै ठूलो वित्तीय लगानी रहेको आयोजनाका लागि नेपाल बैंक र अरु बैंकहरुले गरेको सहयोगको सह्राना गरे।

दुगड ग्रुपको लगानीमा बनेको अर्को लिखु खोला जलविद्युत आयोजना अन्तिम चरणमा छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।