logo

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1334   पटक पढिएको

११ पुस /अर्थ र व्यापार - सनराइज बैंक सहित कञ्चन र मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेका लाभांश सुरक्षित गर्ने आज (पुस ११ गते बुधबार) अन्तिम दिन रहेको छ । पुस १२ गते बिहीबार लाभांश वितरणका लागि तीनवटै बैंकले बुकक्लोज गर्ने भएकाले उक्त बैंकहरुको आजसम्म कायम शेयरधनीले मात्र लाभाशं पाउनेछन् । पुस ११ गते मंगलबार सनराइज बैंकको प्रतिकित्ता २२८ रुपैयाँ, र कञ्चनको १७५ रुपैयाँ र मिसन डेभलपमेन्ट बैंकको प्रतिकित्ता १७३ रुपैयाँ हाराहारीमा दोस्रो बजारमा कारोबार भैरहेको छ । 

सनराइज बैंकले बैंक(SRBL) ले  पुस २९ गते आइतबार अमृतभोग क्याटरर्स कालिकास्थान काठमाडौमा बिहानको ११ बजे साधारण सभा आह्वान गरेको छ । पुस २९ गते हुने साधारण सभाले बैंक सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ११.५० प्रतिशत अर्थात ९३ करोड ७५ लाख ४३ हजार ९२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । बैंकको साधारण सभाले सहायक कम्पनी खोलेर शेयर ब्रोकरेज सम्बन्धी कार्य गर्ने व्यवस्था थप गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १६ रुपैयाँ २६ पैसा कायम गरेको छ ।

त्यसैगरि कञ्चन डेभलपेन्ट (KADBL) ले पुस २१ गते शनिबार बिहान ११ः३० मा होटेल ओपेरा महेन्द्रनगर, कञ्चनपुरमा नवौँ वार्षिक साधारण सभा डाकेको छ । भाले चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनस शेयर र ६.२९ का दरले हुने ३ करोड १८ लाख १४ हजार ७५० रुपैयाँ नगद लाभांश गरी कूल ११.२९ प्रतिशत लाभांश वितरण गर्न गर्ने भएको हो । बैंकको चुक्ता पूँजी ५० करोड ६० लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनश शेयर पश्चात बैंकको चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले एक करोड १९ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

उता मिसन डेभलपेन्ट बैंक (MIDBL) ले पुस २६ गते बिहीबार द दरबार लन प्रा.लिको सभाहल, तिलोत्तमा रुपन्देहीमा बिहान ११ बजे नवौँ बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले बैंक सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ११ प्रतिशत अर्थात ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ । सभाले मर्जर तथा प्राप्तीका लागि अन्य उपयुक्त संस्थाको खोजी गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन तथा मूल्याङ्ककन कर्ता नियुक्ति, एमओयुमा हस्ताक्षर लगायतका अन्य आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्नेछ । बैंकको चुक्ता पूँजी ५१ करोड ९२ लाख ८० हजार २०० रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ५७ करोड ६४ लाख नाघ्नेछ । चालू आवको प्रथम त्रैमासमा बैंकले एक करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४ पैसा कायम गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।