logo

देशकै पहिलो फाइनान्स बल्ल भयो समस्याग्रस्त मुक्त

    1339   पटक पढिएको

 मंसिर / अर्थ र व्यापार - लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको देशकै पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ता छिरेका छन्। नयाँ लगानीकर्ताले छिरेसँगै नेपाल राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ। आन्तरिक रुपमै ऋण परिचालन गरेको, धितो मूल्याङ्कनभन्दा बढि ऋण दिएको जस्ता कारणले फाइनान्स २०७१ मंसिर १७ गते समस्यामा परेको थियो।

त्यसपछि सुधार प्रकृयामा रहेको फाइनान्सलाई मंसिर २० गतेको सञ्चालक समिति बैठकले समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो।  राष्ट्र बैंकले २०७० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले समष्टिगत स्थलगत निरीक्षण प्रतिवदेन अनुसार कारवाही गरेको थियो।

सुपरिवेक्षकीय समायोजनपछि पूँजीकोष ४.३६ प्रतिशतले ऋणात्मक, निष्कृय कर्जा ५४.१८ प्रतिशत पुगेको थियो। २०७० असार मसान्तमा २२ करोड चुक्ता पुँजी पुयाउनु पर्नेमा १३ करोड ५८ लाख मात्र रहेको थियो भने संस्थाका संस्थापक र लामो समयसम्म कार्यकारी प्रमुख रहेका रविचन्द्रमान प्रधान, उनको परिवार र उनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भेटिएको थियो।

एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पूँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको पनि भेटिएको थियो। राष्ट्र बेंकको निर्देशन विपरीत फाइनान्सको शेयरमा प्रचलित कानून बमोजिम स्थापित सहकारी संस्थाको संस्थागत रुपमा लगानी रहेको लगायत गंभीर प्रकृतिका कैफियतहरु देखिएको थियो।

संस्था सुधार ६ महिनाभित्र गर्न भनिएपनि करिव करिव ६ बर्ष लागेको छ। राष्ट्र बैंकले त्यसबेला चुक्ता पूँजी तथा पुँजीकोष अनुपात कायम गर्न भनेको थियो। अब भने फाइनान्सले ८० करोड चुक्ता पूँजी पुर्याउनु पर्छ। यसका लागि उसले करिव २ बर्षको समय पाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।