logo

स्वरोजगार लघुवित्तको वित्तिय विवरण सार्वजनिक, २ करोड ३६ लाख खुद मुनाफा आर्जन

    1093   पटक पढिएको

२० माघ/ अर्थ र व्यापार  - स्वरोजगार लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको गत आवको पुस मसान्तको तुलनामा करिब ४० प्रतिशतले खुद नाफा बढाएको छ । नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने गत आवको यसै अवधिको तुलनामा १० रुपैयाँ बढीले घटेको वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।

लघुवित्तको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २ करोड ३६ लाख खुद मुनाफा आर्जन भएको छ । यो गत वर्षको तुलनामा ३९.६० प्रतिशत अर्थात ६७ लाख २० हजार रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले एक करोड ६९ लाख खुद नाफा आर्जन गरेको थियो । 
१२ करोड २४ लाख रुपैयाँको चुक्ता पूँजी १२० प्रतिशतले बढाएर २६ करोड ९५ लाख पुगेको छ र।। उच्च पूँजीवृद्धिको चापले लघुवित्तको प्रतिशेयर आम्दानीमा १० रुपैयाँ १३ पैसाको गिरावट देखिएको छ । गत वर्ष पुस मसान्तमा २७ रुपैयाँ ७१ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आर्थिक वर्षको यसै अवधिमा १७ रुपैयाँ ५८ पैसा झरेको छ ।

यस अवधिमा लघुवित्तले ४ करोड ६८ लाखको जगेडा कोषमा ४५.५० प्रतिशतले सुधार गर्दै ६ करोड ८१ लाख रुपैयाँ सञ्चित गरेको छ । पुस मसान्तसम्ममा ९८ करोड ७९ लाख निक्षेप संकलन र एक अर्ब ३६ करोड २९ लाख सापटीबाट लघुवित्तले २ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बराबको कर्जा परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।