logo

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाद्वारा साधारण शेयर निष्काशनका लागि अनुमति माग

    1535   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार  - स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर (आईपिओ) निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डको अनुमति मागेको छ ।  कम्पनीले जारी पूँजी ६ करोड रुपैयाँको ३० प्रतिशत आईपिओ निष्काशनको अनुमति माग्दै पुस २४ गते बोर्डमा निवेदन दिएको हो ।

माइक्रोफाइनान्सले यसअघि नै आईपिओ निष्काशनको निवेदन दिएको थियो । अहिले भने कम्पनीले पूँजी संरचनामा भएको संसोधन पश्चात बाफिया २०७३ मा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी हुने संरचना परिवर्तनका लागि कम्पनीले पुन आवेदन गरेको हो ।  तिलोत्तमा, ५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको स्वाभिमानले हाल लघुवित्तको कायम ६ करोड जारी पूँजीको ३० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

आईपिओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको कार्तिक ५ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात ६ करोड पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त कम्पनीले ३६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

माइक्रोफाइनान्सले असोज मसान्तसम्म १४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंकबाट ४१ करोड ४१ लाख रुपैयाँ सापटी लिएर ५० करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । माइक्रोफाइनान्सको खराब कर्जा अनुपात ०.०२ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।