logo

सूर्योदय लघुवित्तको खुद नाफा ५८.४५ प्रतिशतले बढ्यो

    1350   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – सूर्योदय लघुवित्तले गत आर्थिक वर्षमा ५८.४५ प्रतिशतले खुद नाफा बढाएर दुई करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी ५.८४ रुपैयाँले वृद्धि भई ५९.३० रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको साधारण सेयर निष्काशनबाट एक करोड २० लाख रुपैयाँ चुक्ता पूँजी बढाएको छ । उसको जगेडाकोष समेत १३६.५३ प्रतिशत बढेर चार करोड १० लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले २५ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरि ६३ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट ६ करोड ९८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । संस्थाको सञ्चालन आम्दानी ५८.४५ प्रतिशतले बढेर तीन करोड ७२ लाख रुपैयाँ पुगेको छ तर कम्पनीको अन्य सञ्चालन खर्च समेत ७३ लाख ९५ हजार रुपैयाँबाट बढेर एक करोड ३५ लाख पुगेको छ ।

कम्पनीको निष्कृय कर्जा अनुपात शून्य दशमलव ६९ प्रतिशत तथा कोषको लागत ७.७२ प्रतिशत रहेको छ । स्याङजामा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत २२ हजार ६८२ सदस्यलाई वित्तिय सेवा प्रदान गर्दे आईरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।