logo

लगानी बिस्तार गर्न सनराइज बैंकले रोज्यो ऋणपत्रको बाटो, १०.२५५ प्रतिशत ब्याज

    1294   पटक पढिएको

१९ कात्तिक / अर्थ र व्यापार

सात महिना अघि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको सनराइज बैंकले ब्यापार बिस्तारका लागि थप तीन अर्बको ऋणपत्र ल्याउने भएको छ। बैंकले बुधबारबाट जारी गर्ने ऋणपत्रको ब्याज दर पहिलेकोभन्दा ०.२५ प्रतिशत बिन्दु बढि अर्थात १०.२५ प्रतिशत छ ।

ऋणपत्र जारी गर्न लागेको बारे जानकारी दिन बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सनराइजको ऋणपत्र उपयुक्त रहेको बताए । ’हिजोका सात बर्ष ब्याजदर अस्थिर थियो । बैंकहरुले ४ प्रतिशत पनि दिए र साढे १३ प्रतिशत पनि पुर्याए’ उनले भने, ’सात बर्षका लागि १०.२५ प्रतिशतको ऋणपत्र खरीद गर्दा लगानीकर्ताले निरन्तर उच्च प्रतिफल पाइरहन्छन् । उनले पछिल्लो समय सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरु ’ब्याज बारे संवेदनशील’ भएको बताउँदै बजार दरभन्दा ०.५० प्रतिशत बिन्दुमाथि ऋणपत्रमा उपलब्ध हुने हुँदा यसलाई सदुपयोग गर्नु पर्ने तर्क दिए ।

बैंकको ऋणपत्र सात बर्ष अवधिको हुनेछ। यसको ब्याज भुक्तानी प्रत्येक ६र६ महिनामा हुनेछ। बैंकले ३ अर्ब ऋणपत्रमध्ये ६० प्रतिशत संस्थागतलाई र बाँकी ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्दैछ । बैंकको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र त्यसभित्र बिक्री नभएमा मंसिर १९ गतेसम्म बिक्री खुला हुनेछ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले जोखिम रहित उच्च ब्याज दर भएका कारण सबै ऋणपत्र समयमै बिक्री हुने दावी गरे ।

ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसबाहेक आस्वा प्रणालीमार्फत जुनसुकै बैंकबाट पनि आवेदन दिन सकिन्छ । ऋणपत्र खरीदका लागि बैंक खाता अनिवार्य हुन्छ ।

बैंकले चालु बर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) ८० अर्ब ३० करोड निक्षेप संकलन गरेको छ भने ७१ अर्ब १६ करोड ऋण लगानी गरेको छ । गत बर्षको नाफाबाट बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।