logo

लगानी बिस्तार गर्न सनराइज बैंकले रोज्यो ऋणपत्रको बाटो, १०.२५५ प्रतिशत ब्याज

    1008   पटक पढिएको

१९ कात्तिक / अर्थ र व्यापार

सात महिना अघि एक अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको सनराइज बैंकले ब्यापार बिस्तारका लागि थप तीन अर्बको ऋणपत्र ल्याउने भएको छ। बैंकले बुधबारबाट जारी गर्ने ऋणपत्रको ब्याज दर पहिलेकोभन्दा ०.२५ प्रतिशत बिन्दु बढि अर्थात १०.२५ प्रतिशत छ ।

ऋणपत्र जारी गर्न लागेको बारे जानकारी दिन बैंकले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सनराइजको ऋणपत्र उपयुक्त रहेको बताए । ’हिजोका सात बर्ष ब्याजदर अस्थिर थियो । बैंकहरुले ४ प्रतिशत पनि दिए र साढे १३ प्रतिशत पनि पुर्याए’ उनले भने, ’सात बर्षका लागि १०.२५ प्रतिशतको ऋणपत्र खरीद गर्दा लगानीकर्ताले निरन्तर उच्च प्रतिफल पाइरहन्छन् । उनले पछिल्लो समय सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरु ’ब्याज बारे संवेदनशील’ भएको बताउँदै बजार दरभन्दा ०.५० प्रतिशत बिन्दुमाथि ऋणपत्रमा उपलब्ध हुने हुँदा यसलाई सदुपयोग गर्नु पर्ने तर्क दिए ।

बैंकको ऋणपत्र सात बर्ष अवधिको हुनेछ। यसको ब्याज भुक्तानी प्रत्येक ६र६ महिनामा हुनेछ। बैंकले ३ अर्ब ऋणपत्रमध्ये ६० प्रतिशत संस्थागतलाई र बाँकी ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्दैछ । बैंकको ऋणपत्र चाँडोमा कात्तिक २४ गते र त्यसभित्र बिक्री नभएमा मंसिर १९ गतेसम्म बिक्री खुला हुनेछ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल छ । क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले जोखिम रहित उच्च ब्याज दर भएका कारण सबै ऋणपत्र समयमै बिक्री हुने दावी गरे ।

ऋणपत्रका लागि बैंकका सबै शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसबाहेक आस्वा प्रणालीमार्फत जुनसुकै बैंकबाट पनि आवेदन दिन सकिन्छ । ऋणपत्र खरीदका लागि बैंक खाता अनिवार्य हुन्छ ।

बैंकले चालु बर्षको पहिलो त्रैमास (साउनदेखि असोज मसान्तसम्म) ८० अर्ब ३० करोड निक्षेप संकलन गरेको छ भने ७१ अर्ब १६ करोड ऋण लगानी गरेको छ । गत बर्षको नाफाबाट बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।