logo

सनराइज बैंकको नाफा १ अर्ब १६ करोड

    1056   पटक पढिएको

१८ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा सनराइज बैंकको नाफा २२ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ९५ करोड रहेको थियो । थियो ।

बैंकको खुद व्याज आम्दानी ४५ प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट २१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ३२ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको १९ करोड ४६ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम घटाएर २७ करोड १५ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.३७ प्रतिशत रहेको छ भने प्रावधान १ सय ४८ प्रतिशत गरेको छ ।

बंैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १२.५३ प्रतिशत छ । प्रतिसेयर आम्दानी १६.६६ प्रतिशत रहेको छ । बैंकको सञ्चिती २ अर्ब ३१ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउँदा लगभग १३.१५ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन १८ प्रतिशतले बढेर ६१ अर्ब र कर्जा लगानी १८ प्रतिशतले बढेर ५१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.५४ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.१९ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १५.२० रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ रहेको छ ।

 बैंकको कर्मचारी लागत १० करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि १२ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा २ अर्ब ४६ करोड, ओभर ड्राफ्ट शीर्षकमा १९ अर्ब लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।