logo

सनराइज बैंकको नाफा १ अर्ब १६ करोड

    1364   पटक पढिएको

१८ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा सनराइज बैंकको नाफा २२ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ९५ करोड रहेको थियो । थियो ।

बैंकको खुद व्याज आम्दानी ४५ प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट २१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ३२ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको १९ करोड ४६ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम घटाएर २७ करोड १५ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.३७ प्रतिशत रहेको छ भने प्रावधान १ सय ४८ प्रतिशत गरेको छ ।

बंैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १२.५३ प्रतिशत छ । प्रतिसेयर आम्दानी १६.६६ प्रतिशत रहेको छ । बैंकको सञ्चिती २ अर्ब ३१ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउँदा लगभग १३.१५ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन १८ प्रतिशतले बढेर ६१ अर्ब र कर्जा लगानी १८ प्रतिशतले बढेर ५१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.५४ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ११.१९ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १५.२० रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ रहेको छ ।

 बैंकको कर्मचारी लागत १० करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि १२ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा २ अर्ब ४६ करोड, ओभर ड्राफ्ट शीर्षकमा १९ अर्ब लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।