logo

पाटन उच्च अदालतले सनराइज बैंकको साधारण सभा स्थगित गर्यो

    1617   पटक पढिएको


२८ कात्तिक / अर्थ र व्यापार - पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरे पछि सनराइज बैंकको साधारण सभा स्थगित भएको छ । कात्तिक ३० गते बैंकले दशौं वार्षिक साधारण सभा बोलाएको थियो । सञ्चालक चयनको विवाद अदालतमा पुगे पछि अदालतले तत्काल कुनै काम नगर्न भनेको छ ।

बैंकले अमृतभोग डिल्लीबजारमा बोलाएको साधारण सभाले बाफियाले गरेको व्यवस्था अनुसार ७ जना सञ्चालक चयन गर्दै थियो । ३ जना संस्थापक, ३ जना सर्वसाधारण र १ जना विशेषज्ञ सञ्चालक चयन गर्ने क्रममा संस्थापकतर्फको सञ्चालकका सम्बन्धमा विवाद भएको बुझिएको छ । सोही विषयलाई लिएर बैंकलाई विपक्षी बनाई मुद्धा परे पछि अदालतले अन्तिम निर्णय नहुञ्जेल सबै प्रकृया स्थगित गर्न बैंकलाई आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार अर्को निर्णय नहुञ्जेलसम्म साधारण सभा स्थगित गरिएको बैंकले जनाएको छ । बैंकले सुचना प्रकाशित गर्दै भनेको छ , निर्वाचन कार्य मात्र स्थगित गरी साधारणसभा सम्पन्न गर्दा सोही मितिबाट बैंकको संचालक समितिमा बैंकको संस्थापकहरुबाट प्रतिनिधित्व गर्ने संचालकहरुको प्रतिनिधित्व समाप्त भई सर्बसाधारणतर्फका ३ जना र स्वतन्त्र एक जना गरी ४ जना मात्र संचालञक बाँकी रहन गई विद्यमान संरचना बमोजिम ९ जना संचालकहरुको समिति अल्पमतमा पर्ने हुनाले साधारणसभा स्थगित गरिएको छ । बैंकको कार्तिक ३० को साधारणसभाले १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब पनि पारित गर्दै थियो । सेयरधनी दर्ता पुस्तिका बन्द भएर सेयर मूल्य समायोजन भैसकेको अवस्थामा लगानीकर्ता अन्यौलमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।