logo

ग्लोवल आईएमई बैंकको डेपुटी सीईओमा सुमन शर्मा 

    2067   पटक पढिएको

४ असोज / अर्थ र व्यापार – ग्लोबल आईएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन शर्मालाई नियुक्त गरेको छ । शर्मालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।  शर्मा यसअघि माछापुच्छ्रे बैंकमा डेपुटी सीईओ थिए । शर्माले माछापुच्छ्रे बैंकबाट राजीनामा दिएका छन् । तर उनको राजीनमा स्वीकृत हुन बाँकी छ ।

नेदरल्याण्डबाट एमबीए गरेका शर्मासँग बैकिङ क्षेत्रमा करिव २० वर्ष काम गरेको अनुभव छ । सन् १९९७ मा एसविआई बैंकबाट बैकिङ सेवामा प्रवेश गरेको शर्माले सो बैंकमा ८ वर्ष, एनएमबी बैंकमा करिव १४ वर्ष काम गरिसकेको अनुभव छ । शर्मा माछापुच्छ्रे बैंकमा विगत तीन वर्षदेखि डेपुटी सीईओ थिए ।

डेपुटी सीईओमा शुमनको नियुक्तीसँगै कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने सम्भावना अधिक देखिएको छ । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएपछि बैंकले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

तीन दशक बैकिङ सेवामा सक्रिय पौड्याल विगत १० वर्षदेखि ग्लोवल आईएमई बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । बेलायतबाट एमबीए गरेका पौड्यालले नविल बैंकमा ११ वर्ष काम गरेका थिए । एनआईसी र लक्ष्मी बैंक स्थापना गर्ने क्रममा उनी ती बैंकको उच्च व्यवस्थापन टिममा रहेर काम गरेको थिए । पढाईको सिलसिलामा बेलायतको बैंकमा काम गरेको अनुभव समेत छ उनीसँग ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।