logo

स्ट्याण्डर्ड चार्टड बैंकको व्याज खर्च बढ्दा आधार व्याजदरमा असर

    1430   पटक पढिएको

२४ बैशाख /अर्थ र व्यापार - स्ट्याण्डर्ड चार्टड बैंकले व्याज खर्च बढाउँदा त्यसको असर बैंकको आधार व्याजदरमा समेत परेको छ । गतवर्षको यो अवधिमा बैंकले व्याजमा जम्मा एक अर्व सात करोड रुपैयाँ मात्रै खर्च गरेको थियो । बैंकको ७.२० प्रतिशतमा रहेको आधार व्याजदर अहिले बढेर ७.७४ प्रतिशत पुगेको छ ।

व्याज खर्च बढ्दा त्यसको असर बैंकको नाफामा पनि परेको छ । बैंकले नौ महिनामा झण्डै छ प्रतिशतले नाफा बढाएर एक अर्व ६७ करोड रुपैयाँ पुर्याएको छ । बैंकले गत वर्ष एक अर्व ५३ करोड रुपैयाँ नाफा गरेको थियो । नाफाको वृद्धिदर कम हुनुमा व्याज खर्च जस्तै व्याज आम्दानी नबढाउनु पनि हो । बैंकको व्याज आम्दानी भने जम्मा ३५ प्रतिशतले मात्रै बढेको छ । बैंकको खुद व्याज आम्दानी भने जम्मा ८.१२ प्रतिशतले बढेर दुई अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । बैंकको अन्य आम्दानी भने बढेको छ । गत वर्षको नौ महिनामा ४४ करोड रहेको अन्य आम्दानी यसपटक बढेर ५३ करोड रुपैयाँ पुगेको छ ।

बैंकले नौ महिनाको अवधिमा ७० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरि ५५ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा निक्षेप संकलन १५ प्रतिशतले बढेको छ भने ऋण लगानी २० प्रतिशतले बृद्धि भएको छ । यस वर्ष कस्ट अफ फण्ड ३.८ प्रतिशतबाट बढेर ५.४१ प्रतिशत पुगेको छ । बैंकले नेपाल राष्ट्र बैंकले निर्देशन गरेअनुसार स्प्रेड दर घटाउन थालेको छ । बैंकको स्प्रेड दर ५.२३ प्रतिशतबाट घटाएर ४.७५ प्रतिशतमा झरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।