logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब ३८ करोड

    1553   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले एक अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । सोमबार वित्तीय विवरण सार्वजनिक गरेको कुमारी बैंकको नाफा भने घटेको छ । बैंकको अघिल्लो वर्ष ७१ करोड ६० लाख रुपैयाँ नाफा गरेकोमा यसपाली जम्मा ७० करोड रुपैयाँ नाफा गरेको छ । 

चार्टर्डले गत आर्थिक वर्ष खुद व्याज आम्दानी दुई अर्ब १९ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक वर्षमा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरि ३९ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी एक वर्षमा दुई अर्ब ८१ करोडबाट ४ अर्ब पुर्याएको छ । बैंकको जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  

बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन अनुसार ऋण लगानी गर्न नसक्नुका साथै जगेडा कोषमा भएको उच्च बृद्धिले पूँजी कोष अनुपात धेरै नै बढेको छ । बैंकको पूँजी कोष अनुपात एक आर्थिक वर्षमा १६.४९ प्रतिशतबाट बढेर २२.०४ प्रतिशत पुगेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो आर्थिक बर्षमा एक अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खराब कर्जा भने घटेको छ । बैंकले एक आर्थिक वर्षमा ०.३२ प्रतिशतबाट घटाएर ०.१९ प्रतिशत पुर्याएको छ । बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ रहेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।