logo

स्पर्श लघुवित्तद्वारा साधारण शेयर बाँडफाँड 

    1097   पटक पढिएको

१० चैत्र /अर्थ र व्यापार - स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा आईपिओ बाँडफाँड गरिएको हो । लघुवित्तको आईपिओमा आवेदन गरेमध्ये भाग्यमानी २५ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन् ।

आईपिओमा आवेदन गरेर सदर भएका कूल २ लाख ९८ हजार ३५३ जनामध्ये २ लाख ७३ हजार १५३ जनाको हात खाली भएको छ भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको थियो । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन खुला गरेको थियो ।

सो आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरको माग सदर भएको थियो भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको थियो । 

आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । यस्तै संस्थाले संस्थापकतर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा कायम हुनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।