logo

सिन्धु विकास बैंकको दोस्रो त्रैमासको नाफा २ करोड ६५ लाख रुपैयाँ

    1413   पटक पढिएको

१७ माघ/ अर्थ र व्यापार - सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको पुस मसान्तको तुलनामा एक करोड ५५ लाख रुपैयाँ अर्थात १४०.४ प्रतिशले धेरै हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले एक करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ करोड ७३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा करिब २० प्रतिशतले पूँजी बढाएको बैंकको जगेडा कोष साढे ११ प्रतिशतले सुधार भएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्ममा दुई अर्ब २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक अर्ब ८१ करोड ७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । समीक्षा अवधिमा बैंकले ३२.९० प्रतिशत  धेरै खुद ब्याज आम्दानी गरेको छ । गत पुसमा ४ करोड ५२ लाख रहेकोमा ६ करोड एक लाख रुपैयाँ पुगेको हो ।

तीन करोड ११ लाख सञ्चालन नाफा आर्जन गरकेो बैंकले एक करोड ६ लाख खराब कर्जा वापत व्यवस्था गरेको रकम फिर्ता हुँदा नाफामा सुधार आएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा एक करोड ३४ लाख रुपैयाँ थियो । बैंकमा निष्कृय कर्जा अनुपात बढेर १.७२ प्रतिशत पुगेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २९ पैसाबाट दोब्बर हुँदा १० रुपैयाँ ६३ पैसा कायम भएको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४८ पैसा छ । बैंकको मूल्य आम्दानी अनुपात ११.६५ गुणा बढी छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।