logo

सिद्धार्थ इन्स्योरेन्सको बीमाशुल्क १७ प्रतिशतले बढ्यो

    934   पटक पढिएको

२३ माघ / अर्थ र व्यापार - सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४४ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत बर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७ प्रतिशतले बढेको हो ।

कम्पनीले पुस मसान्तसम्म्मा कम्पनीले २ जार ७ सय ४९ वटा बीमा दाबी भुक्तानी गरेको छ भने सो बापत कम्पनीले ४६ करोड ३६ लाख रुपैयाँ बीमीतहरुलाई दाबी रकम प्रदान गरेको छ ।समिक्षा अवधिमा कम्पनीको नाफा गत बर्षको तुलनामा बढेर ९ करोड १६ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेर ४८ करोड ६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ४४ करोड २७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।कम्पनीले हालसम्म ७७ हजार ५ सय ९४ वटा बीमालेख जारी गरेको छ भने नविकरण बीमाशुल्क मार्फत कम्पनीले पुसमसान्तसम्ममा कम्पनीको १२ हजार ५ सय ६६ वटा बीमालेख नविकरण भएका छन् ।

कम्पनीले पुस मसान्तसमम्मा पुनर्बीमा कमिशनबाट १७ करोड ६७ लाख , लगानी कर्जा तथा अन्य आयबाट ४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ७५ लाख रुपैयाँ र बीमा कोषमा ७२ करोड ३२ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ९८ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय १ रुपैयाँ ५२ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।