logo

सिद्धार्थ बैंकको तीन महिनाको खुद नाफा ५२ करोड, शेयरधनी कोष भने मजबुत

    1348   पटक पढिएको

२३ कात्तिक / अर्थ र व्यापार - सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७६ र ०७७ मा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यो मुनाफा गत आवको यसै अवधिको तुलतनामा ३६ लाख रुपैयाँले कम हो । समीक्षा अवधिमा मुनाफामा झिनो गिरावट आएपनि बैंकको शेयरधनी कोष भने मजबुत बनेको छ ।

आइतबार सार्वजनिक भएको बैंकको वित्तीय विवरणमा बैंकको शेयरधनी कोष भने २३.३५ प्रतिशतले बढेको छ । यत आवको यसै अवधिमा १ अर्ब ८० करोड १४ लाख रहेको रिटेन्ड अर्निङ्ग २ अर्ब २२ करोड २० लाखमा पुगेको हो ।  शेयरधनी कोष मजबुत बन्नु शेयरधनीका लागि लाभांश पाउने सम्भावना बढ्नु हो। बैंकको जगेडा कोषमा ४ अर्ब १६ करोड ८० लाख, र १२ करोड २० लाख रुपैयाँ शेयर प्रिमियम रहेको उल्लेख छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १८ करोड ९८ लाख ३१ हजार रुपैयाँ रहेको छ। ५२ करोड १४ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले केन्द्रीय बैंकले तोकेको शिर्षकहरुमा ३३ करोड १६ लाख नियामकीय व्यवस्था गरेको हो । आठ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वासिर्षक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा रहेको छ ।

चालु आवको तीन महिना अवधिसम्ममा बैंकले एक खर्ब १८ अर्ब ४० करोड ८२ लाख निक्षेप संकलनबाट एक खर्ब ८ अर्ब ६८ करोड ३२ लाख कर्जा लगानी गरेको गरेकोे छ । यस अवधिमा बैंकले १ अर्ब ४३ करोड १८ लाख खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ करोड ९८ लाख ४६ हजार रुपैयाँले बढेको हो ।  बैंकको सञ्चालन मुनाफा ५ लाख घटेर ७४ करोड ४७ लाख रुपैयाँमा कायम छ । 

समीक्षा अवधिमा सिसिडी अनुपात घटेको बैंकको पूँजीकोष अनुपातमा भने सुधार आएको छ । यस्तै बैंकको निष्कृय कर्जा अनुपात १.४० बाट १.२८ प्रतिशतमा, आधार ब्याजदर १०.६५ बाट १०.०२ प्रतिशतमा घटेको छ भने कोषको लागत ७.२० बाट ७.३२ प्रतिशतमा बढेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २७ पैसा, कर्जा निक्षेप अनुपात ७७.३६ प्रतिशत, पूँजी कोष अनुपात १४.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १२.५३ गुणा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।