logo

सिद्धार्थ बैंकको तीन महिनाको खुद नाफा ५२ करोड, शेयरधनी कोष भने मजबुत

    1051   पटक पढिएको

२३ कात्तिक / अर्थ र व्यापार - सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०७६ र ०७७ मा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यो मुनाफा गत आवको यसै अवधिको तुलतनामा ३६ लाख रुपैयाँले कम हो । समीक्षा अवधिमा मुनाफामा झिनो गिरावट आएपनि बैंकको शेयरधनी कोष भने मजबुत बनेको छ ।

आइतबार सार्वजनिक भएको बैंकको वित्तीय विवरणमा बैंकको शेयरधनी कोष भने २३.३५ प्रतिशतले बढेको छ । यत आवको यसै अवधिमा १ अर्ब ८० करोड १४ लाख रहेको रिटेन्ड अर्निङ्ग २ अर्ब २२ करोड २० लाखमा पुगेको हो ।  शेयरधनी कोष मजबुत बन्नु शेयरधनीका लागि लाभांश पाउने सम्भावना बढ्नु हो। बैंकको जगेडा कोषमा ४ अर्ब १६ करोड ८० लाख, र १२ करोड २० लाख रुपैयाँ शेयर प्रिमियम रहेको उल्लेख छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १८ करोड ९८ लाख ३१ हजार रुपैयाँ रहेको छ। ५२ करोड १४ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले केन्द्रीय बैंकले तोकेको शिर्षकहरुमा ३३ करोड १६ लाख नियामकीय व्यवस्था गरेको हो । आठ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको वासिर्षक प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा रहेको छ ।

चालु आवको तीन महिना अवधिसम्ममा बैंकले एक खर्ब १८ अर्ब ४० करोड ८२ लाख निक्षेप संकलनबाट एक खर्ब ८ अर्ब ६८ करोड ३२ लाख कर्जा लगानी गरेको गरेकोे छ । यस अवधिमा बैंकले १ अर्ब ४३ करोड १८ लाख खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ करोड ९८ लाख ४६ हजार रुपैयाँले बढेको हो ।  बैंकको सञ्चालन मुनाफा ५ लाख घटेर ७४ करोड ४७ लाख रुपैयाँमा कायम छ । 

समीक्षा अवधिमा सिसिडी अनुपात घटेको बैंकको पूँजीकोष अनुपातमा भने सुधार आएको छ । यस्तै बैंकको निष्कृय कर्जा अनुपात १.४० बाट १.२८ प्रतिशतमा, आधार ब्याजदर १०.६५ बाट १०.०२ प्रतिशतमा घटेको छ भने कोषको लागत ७.२० बाट ७.३२ प्रतिशतमा बढेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २७ पैसा, कर्जा निक्षेप अनुपात ७७.३६ प्रतिशत, पूँजी कोष अनुपात १४.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १२.५३ गुणा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।