logo

एफपीओ ल्याउन शिखर इन्स्योरेन्सलाई बन्देज

    1537   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – शिखर इन्स्योरेन्सले तत्काल थप नयाँ साधारण शेयर अर्थात एफपीओ जारी गर्न नपाउने भएको छ । धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा निस्कासन निर्र्दे्शिका २०७४ अनुसार शिखरले दोहोर्याएर एफपीओ जारी गर्न नपाउने भएको हो । शिखरले तत्काल एफपीओ जारी गर्न नपाउने निर्णय गर्दै धितोपत्र बोर्डले उसको आवेदन सम्बन्धि विवरणलाई वेभसाइटबाट समेत हटाएको छ । 

धितोपत्र दर्ता तथा निस्कासन निर्र्दे्शिका २०७४ मा संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले ५ बर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न नसक्ने ब्यवस्था अनुसार शिखरको एफपीओ जारी गर्न अनुमति नदिइएको हो । शिखरले अघिल्लो बर्ष मंसिरमा एफपिओ जारी गरेकाले अर्को एफपिओ जारी गर्न अझै साढे तीन बर्ष कुर्नु पर्नेछ । शिखरले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न गत फागुनमा धितोपत्र बोर्डमा आवेदन गरेको थियो । 

शिखर ईन्स्योरेन्सले केही हप्ता अगाडि नेपाल स्टक एक्सेचेञ्ज मार्फत थप नयाँ सेयर एफपिओ निष्कासन तथा बोनसबाट विमा समितिले तोकेको पूँजी पुर्याउने योजना सार्वजनिक गरेको थियो । अब कम्पनीले बीमा समितिले तोकेको एक अर्ब चुक्तापूँजी बोनसबाटै पुर्याउनु पर्ने छ । 

हाल शिखरको ८१ करोड चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा २४ करोड छ । उसले तोकेको चुक्तापूँजी पुर्याउन १९ करोडको बराबरको बोनस सेयर दिए पुग्ने अबस्था छ । शिखरले तेस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क एक अर्ब १४ करोड नघाएको छ भने २६ करोड खुद नाफा कमाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।