logo

रुरल माईक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा 

    2656   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-जेठ १६ गतेदेखि नेपाल ग्रामिण विकास बैंकले खुला गरेको रुरल माईक्रोफाइनान्सको ८८ हजार पाँच सय ६४ दशमलव ७४ कित्ता संस्थापक सेयर लिलाममा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । आफ्नो स्वामित्वमा रहेको रुरल माईक्रो फाईनान्स कम्पनीका संस्थापक सेयर साबिकका माईक्रोफाईनान्सको संस्थापक सेयरधनीलाई बेच्न बैंकले लिलामी खोलेको हो । 

सोमबार कार्यालय समयभित्र रुरल माईक्रोको इच्छुक संस्थापक सेयरधनीले कम्पनीको लिलामी सेयरमा विक्री प्रबन्धक एनएमबि क्यापिटलमा न्युनतम एक हजार कित्तादेखि सबै कित्ताका लागि आवेदन गर्न सकिने छ । बोलपत्र जेठ २३ गते मंगलबार एनएमबि क्यापिटलमा ४ बजे खोलिने छ । 

नेपाल ग्रामिण विकास बैंकले रुरल माईक्रो फाईनान्सको संस्थापक सेयर पाँच सय एक रुपैयाँ न्युनतम मूल्य राखेर लिलाम बढाबढ गर्न लागेका हो । यसबाट बैंकले प्रतिकित्ता ४०१ रुपैयाँको दरले न्युनतम तीन करोड ५४ लाख ७५ हजार रुपैयाँ बढि प्रिमियम संकलन गर्नेछ भने चार करोड ४३ लाख ७० हजार बढि आम्दानी गर्नेछ । 

५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४६.८३ रुपैयाँ कायम गरेको छ । नेपाल ग्रामिण विकास बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।