logo

सेञ्चुरी कमर्सियल बैंकद्वारा आठौं वार्षिक साधारण सभा आह्वान

    1413   पटक पढिएको

२० चैत्र /अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकद्वारा शेयर ब्रोकर सम्बन्धी कार्य गर्ने तथा मर्जर वा एक्विजिशनमा जाने विशेष प्रस्ताव सहित आठौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको चैत १९ गते बसेको संचालक समितिको २८३ औं बैठकले बैशाख १२ गते बिहीबार बिहान ११ः३० बजे, आर्मी अफिर्सस क्लब, भद्रकाली काठमाडौंमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी समबन्धी कार्य गर्ने व्यवस्था गर्न बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्न तथा गाभिन (मर्जर) वा प्राप्ति एक्विजिशन गर्ने, स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायत काम गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ । यसअघि साना वित्तीय संस्थाहरूलाई आफुमा मिलाएको यस बैंकले अझै सो मार्ग खुला गर्न लागेको हो ।

यसै गरी आर्थिक वर्ष २०७४र७५ सम्म कायम चुक्ता पूँजी ८ अर्ब २५ करोड रुपैयाँको १६ करोड ५० लाख रुपैयाँ अर्थात २ प्रतिशत बोनस र ३७ करोड १२ लाख रुपैयाँ अर्थात ४.५० प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । हाल ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ चुक्ता पूँजी रहेको सेञ्चुरीको बोनस वितरण पश्चात ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यस्तै साधारण सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरूको पनि निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि बैंकले चैत २९ गते देखि बैशाख १२ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २८ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।