logo

चौतारी लघुवित्तद्धारा अर्ध वार्षिक समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न

    1392   पटक पढिएको

२० माघ / अर्थ र व्यापार - चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ वटा शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले दाङ,सल्यान,पूर्वी रुकुम,पश्चिम रुकुम,जाजरकोट र सुर्खेतमा रहेका शाखा कार्यालयको अर्ध बार्षिकी समिक्षा गोष्ठि तथा जोखिम व्यवस्थापन तालिम दाङको तुल्सीपुरमा सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमीरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशि,बित्त तथा सुचना प्रबिधी विभाग प्रमुख ज्ञानिश्वर पन्तको उपस्थिती तथा अनुगमन अधिकृत अधिकृत कौशल खड्काको उद्घोषण गरेका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले लघुवित्त गरिवी निवारणको औजार भएको बिषयलाई प्रष्ट पार्दै सदस्यहरुलाई सिपमुलक तालिम निरन्तर आयोजना गर्दै उद्यमशिलताको बिकासमा जोड दिने गरी समाजिक कल्याण सहितको लघुवित्त अहिलेको आवश्यकता रहेकाले सोही अनुसार कार्यक्रमलाई अगाडी बढाईएको जानकारी दिए ।

नायब कार्यकारी अधिकृत हरिकृष्ण जोेशिले सक्षम र दक्ष कर्मचारीले मात्र सेवाग्राही सदस्यहरुलाई प्रभावकारी रुपले सेवा प्रबाह गर्न सक्ने भएकाले कर्मचारी तथा सेवाग्राही सदस्यहरुलाई निरन्तर तालिम आयोजना गरिने बताए ।

कार्यक्रममा संचालन जोखिम बारेमा वित्त तथा सुचना प्रबिधी विभागका विभागीय प्रमुख ज्ञानिश्वर पन्त तथा लघुउद्यम कर्जा व्यवस्थापन बारेमा अनुगमन अधिकृत कौशल खड्काले तालिम दिएको जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।