logo

मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद बेच्दा पनि आठ अर्ब पूर्याउन गाह्रो

    1518   पटक पढिएको

१६ असार / अर्थ र व्यापार – मेगा बैंकका सेयरधनीहरुले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया थप लगानी गर्नुपर्ने भएको छ । बैंकले आठ अर्ब पूँजी पूर्याउन ६५ प्रतिशत हकप्रद जारी गर्ने भएपछि सेयरधनीले थप लगानी गर्नु पर्ने भएको हो ।
बैंकले हकप्रद जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ । बैंकले गएको बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
जस अनुसार बैंकले एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
हकप्रद शेयर निस्कासन गरेपछि बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । जसमा अपुग पुँजी बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने लक्ष्य राखेको छ । बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
मेगाले टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको छ । टुरिजमलाई समेत गाभ्दा बैंकको चुक्तापूँजी नौ अर्ब बढी पुग्ने देखिन्छ । तर पछिल्लो समयमा यी दुई बैंकको मर्जर प्रक्रियामा केही अन्योल देखिएको छ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।