logo

जानकी फाइनान्सको खुद नाफा १६९.७२ प्रतिशतले बढ्यो 

    1495   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – जानकी फाइनान्सले सात करोड ८६ लाख ९१ हजार रुपैंया बराबरको खराब कर्जा असुल गरेर खुद नाफामा छलाङ मारेको छ । फाइनान्सले गत आर्थिक वर्षमा ११ करोड ८३ लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । 
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले चार करोड ३८ लाख ७३ हजार रुपैंया खुद नाफा कमाएको थियो । फाइनान्सको खुद नाफा १६९.७२ प्रतिशतले बढेको हो ।

निक्षेप संकलनको अवस्था सामान्य रहेको फाइनान्सले कर्जा प्रवाहको आकार बढाएको छ । जसका कारण उसको खुद व्याज आम्दानी उल्लेख्य मात्रामा बढेको छ । चार करोड ६७ लाख रुपैंया सम्भावित जोखिमका लागि प्रोभिजन गरेको फाइनान्सले राइट व्याक गरेर कमाईको आकार झनै बढाएको हो ।

समिक्षा अवधिमा राइट व्याकको रकम बढाएका कारण फाइनान्सको निष्कृय कर्जा अनुपात घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७.३४ प्रतिशत रहेको निष्कृय कर्जा अहिले ६.८३ प्रतिशतमा झरेको छ । यद्यपी यो अनुपात फाइनान्सका लागि राम्रो पक्ष हैन ।

समिक्षा अवधिमा पूँजी वृद्धि नगरेको फाइनान्सको चुक्ता पूँजी ३४ करोड १८ लाख ५९ हजार रुपैंया रहेको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सले १० प्रतिशत बोनस वितरण गरेको थियो । सहयोगी विकास बैंकसँगको मर्जर तोडिए पछि फाइनान्सले अन्य विकल्प अघि सारेको छैन ।

अहिले फाइनान्सको जगेडा कोषमा २९ करोड ४९ लाख रुपैंया सञ्चित छ । जगेडा कोषको सबै रकम बोनसका रुपमा वितरण गर्दा पनि फाइनान्सको चुक्ता पूँजी ६३ करोड हाराहारी मात्र पुग्छ । यस अर्थमा फाइनान्स अझै पनि मर्जर तथा विलयको बाटोमा जाने योजनामा रहेको आँकलन गर्न सकिन्छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी ३४ रुपैंया ६१ पैसा छ भने मूल्य आम्दानी अनुपात  ७.७७ गुणा बढी तथा प्रतिसेयर नेटवर्थ १८६ रुपैंया २६ पैसा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।