logo

सानिमामाई हाइड्रोले २९ करोड २६ लाख रुपैयाँ खुदनाफा कमाए

    1564   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा २८ गुणा बढाएको छ । गत असारसम्म कम्पनीले २९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९० लाख १५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

गत वर्ष उसले २८ करोड रुपैयाँ बढी नाफा कमाएको बुधबार सार्वजनिक गरिएको गत आवको वित्तीय विवरणमा उल्लेख गरिएको छ । २२ मेगावाटको माई र ७ मेगावाटको माइक्याकेड आयोजना सञ्चालन गरिरहेको सानिमाले गत आवमा बिजुली बिक्रीलगायत अन्य शिर्षकबाट कुल ८० करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

अघिल्लो वर्षको सोही अवधिमा उसको आम्दानी ४० करोड ३१ लाख रुपैयाँ मात्र थियो । एक वर्षमा सानिमाले आम्दानी दोब्बर बढाएको छ । कम्पनीको सेयर पुँजी १ अर्ब ५ करोड रुपैयाँ छ । ८२ मेगावाटका दुईटा जलविद्युत आयोजनामा लगानी जुटाउन सानिमाले हकप्रद सेयर निष्कासन गर्न लागेको छ । 

२२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा लगानीका लागि हकप्रद निष्कासन गरेको छ । हकप्रद निष्कासन साउन २७ गतेदेखि खुला भइसकेको छ ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । तमोर सानिमा इनर्जीले ५४ मेगावाट क्षमताको मध्यतमोर जलविद्युतबाट उत्पादन गर्न अनुमति (लाइसेन्स) पाएको छ ।आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सानिमा समूहले तल्लोलिखु आयोजनाको प्रारम्भीक काम सुरु गरेको छ । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रक्सन लिमिटेडले तल्लो लिखु आयोजना निर्माण गर्नेछ । यो आयोजना बनाउन कम्पनीले लाइसेन्स पाइसकेको छ । विद्युत प्राधिकरणसंग पीपीए भइसकेको छ । यो आयोजना पनि आउदो सन् २०२२ मा सम्पन्न गर्ने प्रवद्र्धकको लक्ष्य छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।