logo

दोस्रो त्रैमासमा सानिमा लाईफले गर्यो प्रगति, ७८ करोड कोषमा, ४१ करोड बीमा शुल्क आर्जन

    1571   पटक पढिएको

२४ माघ / अर्थ र व्यापार -  जीवन बीमा कम्पनीहरुको सूचिमा निकै तल परेको सानिमा लाईफ इन्स्यारेन्सले यस आवको दोस्रो त्रैमासमा निकै राम्रो प्रगति गर्न सफल भएको छ । कम्पनीले जीवन बीमा शुल्कमा उछाल ल्याएको छ । सुरुको तीन महिनामा १३ करोड ५७ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले पछिल्लो तीन महिनामा मात्रै साढे २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेर प्रगति गरेको हो ।

सानिमा लाईफले दोस्रो आवको वित्तीय विवरण प्रकाशन गर्दै समीक्षा अवधीमा निकै राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीले बीमा शुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको छ भने जीवन बीमा कोषको आकार समेत फराकिलो बनाएको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ६७ करोड आठ लाख ७२ हजार ४७६ रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषमा १४ करोड ३३ लाख १९ हजार ७४ रुपैयाँ मात्रै थियो । त्यस्तै जगेडा कोष र महाविपत्ति कोष सहित कोषमा कूल रकम ७८ करोड १४ लाख ३७ हजार ४३९ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा सानिमा लाईफको कोषहरुमा जम्मा २५ करोड ८७ लाख ७० हजार ९७९ रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधीमा कम्पनीको मुनाफा भने धेरै देखिएको छैन । गत आवकै हारहारीमा मुनाफा देखिएको छ । समीक्षा अवधीको गत आवमा चार करोड ८९ लाख ८० हजार १७५ रुपैयाँ मुनाफा गरेको कम्पनीले यस आवमा चार करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेका छ । यद्यपि जीवन बीमा कम्पनीहरुको लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको गर्दा मुनाफा घटबढ हुने गर्दछ ।

कम्पनीले यस आवमा ४१ करोड ११ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ भने समीक्षा अवधीमा १० लाख ५७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको बोनसदर प्रतिहजार ३५ रुपैयाँ देखि ६५ रुपैयाँसम्म रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।