logo

सानिमा बैंकले एक अर्ब ३० करोड रुपैयाँको नाफा कमाए

    1215   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – सानिमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । सानिमा बैंकले ९९ करोड ६० लाख रुपैयाँको मुनाफालाई वर्ष दिनमा एक अर्ब ३० करोड पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ४२ करोड रुपैयाँ रहेको छ । सानिमा बैंकको पूँजी कोष अनुपात १५.५५ प्रतिशत पुगेको छ भने बैंकको खराब कर्जा ०.०१ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ । 

बैंकले गत आर्थिक वर्षमा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । अघिल्लो वर्षमा बैंकको चक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ थियो । बैंकको जगेडा कोषमा दुई अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ । 

वाणिज्य बैंकहरुमा क्रमबद्ध प्रगति गर्दै जोखिम व्यवस्थापन गर्न उत्कृष्ट भई सानिमा बैंकले यसपल्ट पनि चमत्कार गरेको छ । निस्क्रिय कर्जाको अनुपातलाई सुन्यमा झाद्रै सानिमाले खुद नाफा कमाईमा आकर्षक बढोत्तरी गरेको छ ।

सानिमाले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा खुद नाफालाई ३३ प्रतिशत भन्दा बढीले बढाएर लगेको छ भने निस्क्रिय कर्जा अनुपातलाई ०.०२ प्रतिशतबाट ०.०१ प्रतिशतमा झारेको छ, जुन सुन्य बराबर हो । बाणिज्य बैंकहरुमा निस्क्रिय कर्जा अनुपात सबैभन्दा कम भएको बैंकमा सानिमा यसपल्ट पनि दर्ज भएर उदाहरण प्रस्तुत गरेको छ ।

सानिमाको निक्षेप र कर्जा बिस्तार पनि राम्रो रहेको छ । सानिमा बैंकले गत बर्ष धेरै पूँजी बढाएर पनि प्रति सेयर आम्दानीलाई १८ रुपैयाँमाथि कायम गर्नसक्नु उपलब्धिपूर्ण नै हो । उसको चुक्ता पूँजी र कमाईको आधार हेर्दा लगानीकर्ताले आगामी साधारणसभामा कम्तिमा १६ प्रतिशत बोनस सेयर पाउनसक्ने संभावना छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।