logo

सानिमा बैंकले एक अर्ब ३० करोड रुपैयाँको नाफा कमाए

    1605   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – सानिमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । सानिमा बैंकले ९९ करोड ६० लाख रुपैयाँको मुनाफालाई वर्ष दिनमा एक अर्ब ३० करोड पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ४२ करोड रुपैयाँ रहेको छ । सानिमा बैंकको पूँजी कोष अनुपात १५.५५ प्रतिशत पुगेको छ भने बैंकको खराब कर्जा ०.०१ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ रहेको छ । 

बैंकले गत आर्थिक वर्षमा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत आर्थिक वर्षमा ६ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । अघिल्लो वर्षमा बैंकको चक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ थियो । बैंकको जगेडा कोषमा दुई अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ । 

वाणिज्य बैंकहरुमा क्रमबद्ध प्रगति गर्दै जोखिम व्यवस्थापन गर्न उत्कृष्ट भई सानिमा बैंकले यसपल्ट पनि चमत्कार गरेको छ । निस्क्रिय कर्जाको अनुपातलाई सुन्यमा झाद्रै सानिमाले खुद नाफा कमाईमा आकर्षक बढोत्तरी गरेको छ ।

सानिमाले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा खुद नाफालाई ३३ प्रतिशत भन्दा बढीले बढाएर लगेको छ भने निस्क्रिय कर्जा अनुपातलाई ०.०२ प्रतिशतबाट ०.०१ प्रतिशतमा झारेको छ, जुन सुन्य बराबर हो । बाणिज्य बैंकहरुमा निस्क्रिय कर्जा अनुपात सबैभन्दा कम भएको बैंकमा सानिमा यसपल्ट पनि दर्ज भएर उदाहरण प्रस्तुत गरेको छ ।

सानिमाको निक्षेप र कर्जा बिस्तार पनि राम्रो रहेको छ । सानिमा बैंकले गत बर्ष धेरै पूँजी बढाएर पनि प्रति सेयर आम्दानीलाई १८ रुपैयाँमाथि कायम गर्नसक्नु उपलब्धिपूर्ण नै हो । उसको चुक्ता पूँजी र कमाईको आधार हेर्दा लगानीकर्ताले आगामी साधारणसभामा कम्तिमा १६ प्रतिशत बोनस सेयर पाउनसक्ने संभावना छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।