logo

साना किसान कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा लिइने कर्जामा बृद्धि

    1294   पटक पढिएको

१४ जेठ /अर्थ र व्यापार - साना किसान कृषि सहकारी संस्थामा आबद्ध एक लाख १६ हजार पशुपालक साना किसानले १२ अर्ब ३४ करोड ५९ लाख कर्जा लिएका छन् । चालू आर्थिक वर्षको फागनु मसान्तसम्म ५३ जिल्लामा रहेका चार सय ४६ साना किसान कृषि सहकारी संस्थामा आबद्ध किसानले सो कर्जा लिएर १६ अर्ब रुपैयाँ बराबरको मासु तथा दुग्धजन्य पदार्थ उत्पादन भएको अनुमान सरकारले गरेको छ । 

सरकारले मासुजन्य पदार्थको उत्पादन बढाउन आर्थिक वर्ष २०६७र६८ देखि मासुजन्य पशुपालन कर्जा कार्यक्रम सञ्चालन गरेको थियो भने आव २०७१र७२ देखि दुग्धजन्य पशुपालनका लागि  समेत लगानी गर्ने व्यवस्था गरेको थियो । चालू आवको यो अवधिमा किसानले दुई खर्ब ६ अर्ब कर्जा स्वीकृत गराए पनि सो मात्र ऋण लगानी भएको आर्थिक सर्वेक्षण २०७५र७६ मा उल्लेख गरिएको छ ।

आव २०७४र७५ सम्म १५ अर्ब ८८ करोड ९४ लाख ऋण स्वीकृत भएको यस वर्ष यस्तो कर्जा स्वीकृत गराउनेको संख्या ह्वात्तै बढेको छ । गत आवसम्म ऋण लिने किसानको संख्या पनि ९५ हजार ५० मात्रै थिए । आठ महिनाको यो अवधिमा यस्ता किसानको संख्या बढेर एक लाख नाघेको छ । यो अवधिमा कर्जा कारोबार गर्ने संस्था संख्यासमेत बढेर दोब्बर भएको छ । आव २०७०र७१ मा दुई सय ५७ वटा वित्तीय संस्थाले कर्जा प्रवाह गरेकामा फागुनमसान्तसम्म बढेर चार सय ४६ पुगेको छ ।

त्यसैगरी साना किसान कार्यक्रम अन्तर्गत गत आवको दोस्रो चौमाससम्म नौ अर्ब ४९ करोड ७१ लाख कर्जा प्रवाह भएकोमा एक वर्षको यो अवधिमा यस्तो कर्जा बढेर १० अर्ब ५८ करोड एक लाख पुगेको छ । यो अवधिमा ऋण असुलीमा २२ र कर्जा प्रवाहमा १५ प्रतिशतले वृद्धि भएको छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।