logo

सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि साउन १ गतेदेखि बिक्री गरिने

    1255   पटक पढिएको

२३ असार / अर्थ र व्यापार - सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि साउन १ गतेदेखि बिक्री गरिने भएको छ । संस्थाले ८ हजार २५० कित्ता कर्मचारी, २६ हजार ५ सय कित्ता सामुहिक लगानीकोषको लागि र बाँकी चार लाख ९५ हजार २५० कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्नेछ ।

संस्थाले पहिलो चरणमा साउन ५ गतेसम्म र पहिलो चरणमा बिक्री नभएरमा ढिलामा साउन ३० गतेसम्म बिक्री खुला गर्ने जनाएको छ । सर्वसाधारणले न्युनतम १० र अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । प्राथमिक शेयरमा आवेदन दिन आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ । यसका साथै मेरो शेयरमा खाता हुनेहरुले अनलाइनबाट आवदेन दिन सकिने बताइएको छ । संस्थाले प्राथमिक शेयर निष्काशन गर्न ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा मध्यम किसिमको सुरक्षा जनाउने रेटिङ प्राप्त गरेको हो । संस्थाले सर्वसाधारणको लागि ३२.१२ प्रतिशत शेयर निष्कासन गर्नेछ । हालको चुक्ता पूँजी ११ करोड १२ लाख रुपैयाँ छ ।  

प्राथमिक शेयर निष्कासनपछि संस्थाको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ कायम हुनेछ । प्राथमिक शेयर निष्कासनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल क्यापिटल रहेको छ । संस्थाको प्रधान कार्यालय बन्दीपुर तनहूँमा रहेको छ । हाल ३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । एक वर्ष अघिसम्म नोक्सानमा देखिएको संस्था चालु आर्थिक वर्षदेखि नाफामा देखिन थालेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा संस्थाले दुई करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।